eNepal

न्याभले कोभीडबाट परेको असर न्यूनीकरण गर्ने बिभीन्न कार्यक्रम गर्दै

भिक्टोरिया सरकारको Priority Response to Multicultural Community (PRMC ) अन्तर्गत प्राप्त सहयोगमार्फत Nepalese Association of Victoria (न्याभ) ले कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि कोरोना भाइरस तथा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतना र कोभिडको नियन्त्रणका लागि राज्यद्वारा पटकपटक गरिएका लक्डाउनबाट व्यक्ति, परिवार र समुदायको मानसिक स्वास्थ्यको अवस्था र सोको न्यूनीकरणको लागि अपनाउनु पर्ने साबधानी र समुदायले गर्न सक्ने कार्यहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु सम्पन्न भइरहेका छन्। 

सोहि क्रममा कोभिडको कारणले अल्पकालीनरुपका आर्थिक अभाव भएका १८६ व्यक्ति र परिवारहरुलाई दैनिक उपभोग्य सामग्री (चामल, दाल, तेल, चाउचाउ, चिउरा आदि) तथा स्यानीटाईजर, मास्क लगायतका सामग्रीहरु वितरण गरेको छ।सो राहत वितरण कार्यक्रमको संयोजन न्याभका उपाध्यक्ष श्री प्रेम राज उप्रेतीले गर्नु भएको थियो। उहाँलाई कृष्ण चालिसे र ललीसा थापाले साथ दिनु भएको छ।

राहत सामाग्री प्याकेजिङ लगाएत  अर्थ व्यबस्थापन भने समाजका कोषाध्यक्ष यकिन्द्र तिमील्सिनाले गर्नु भएको छ।

पहिलो चरणको वितरण कार्यक्रम सम्पन्न भइ सकेको छ भने अब चाडैनै दोश्रो चरणको राहत वितरण कार्यक्रम ल्याउने वताउनु भयो।

त्यसै गरी विभिन्न समुदायसंगको सहकार्यमा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतना कार्यक्रमहरु संचालन हुने कुरा न्याभ अध्यक्ष राम गुरुङले बताउनु भयो। यस अघि न्याभ र दोरीन मरेण्डा नेपाली समुदाए (Doreen Mernda Nepalese Community) द्वारा सचेतना कार्यक्रम संचालन भै सकेको छ भने सुदुर पश्चिम समाज भिक्टोरिया द्वारा आगामी अगस्त २८ गते कार्यक्रम हुने जानकारी गराइएको छ। त्यसै गरी Shinny Mind Australia र मेलबर्न चौतारीको सहकार्यमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सम्पन्न भै सकेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal