भिक्टोरिया, अस्ट्रेलिया । न्युसाउथवेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ|
सिड्नीको दक्षिण-पश्चिमको लिभरपूल अस्पतालमा ६० बर्ष उमेर समुहका एक खोप नलगाएका व्यक्तिको भाइरसबाट मृत्यु भएको छ भने ७० बर्ष उमेर समुहका दुई पुरुषको नेपियन अस्पतालमा मृत्यु भएको छ। ती मध्ये एकले पूर्ण खोप लगाएको र अर्कोले खोपको पहिलो डोज लगाएका थिए।
नयाँ केसहरु मध्ये ५५० केसहरु पश्चिम र दक्षिण-पश्चिम सिड्नीसँग जोडीएका छन्। त्यस्तै ४६२ जना अस्पतालमा छन् भने ७७ जना आासियूमा छन्।
सोहि अवधि भर १ लाख २ हजार ७ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्ममा १ करोड १२ लाख २५ हजार ४ सय ७५ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार १ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५३ लाख ५३ हजार ३ सय ६४ पुगेको छ ।
सिड्नी लगातार ५३ दिनदेखी लकडाउनमा छ।

