eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ति मध्य १८ केस संक्रामक अवधि भर क्वारेन्टाइनमा रहेका छन्।

सोहि अवधि भर ३९ हजार ८ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४६ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ८८ लाख ६२ हजार ४७ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार १ सय ४४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७ हजार १ सय ७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २० लाख २२ हजार ५ सय १३ पुगेको छ ।

भिक्टोरियन राज्य सरकारले महानगरीय मेल्बर्नमा जारी रहेको छैटौ चरणको लकडाउन २ सेप्टेम्बर सम्म दुई हप्ताको लागि थपेको छ। भिक्टोरियन मुख्य स्वास्थ्य अधिकारी ब्रेट सट्टनको सल्लाह अनरुप महानगरीय मेल्बोर्नमा १६ अगस्टबाट राती ९ बजे देखि बिहान ५ बजे सम्म (सप्ताहांत सहित) कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू भएको बेलामा अनुमती दिइएका कामदारहरुलाई मात्र काम गर्न र बाहिर यात्रा गर्न अनुमति दिइएको छ।घरबाट काम गर्न नसक्ने सबै कामदारहरुले श्रमिक अनुमति लिनु पर्ने छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal