eNepal

अफगानिस्तानबाट कुबेत हुँदै ११८ नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको छन्।

उनीहरूलाई  नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको छ ।

अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको र त्यहाँबाट उनीहरू नेपाल आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयले उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेको जनाएको छ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान १०:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङका अनुसार दोहामा रहेका अन्य नेपालीलाई पनि क्रमशः उद्धार गरेर ल्याउने तयारी भइरहेको छ ।

अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले पनि पहल थालेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal