eNepal

तास्मानीयाको डेभनपोर्ट र बर्निमा तिजको दुई छुट्टाछुट्टै कार्यक्रम गरिदैं

तास्मानियाको नर्थ वेस्ट तास्मानियाका नेपाली समुदायले डेभनपोर्ट र बर्निमा  सेप्टेम्बर पहिलो हप्ता दुई छुट्टा छुट्टै तिजको अवसरमा दिदीवहिनीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना हुने भएका छन् ।  

बर्नि नेप्लिज कम्युनिटीको आयोजनामा  बर्निमा आउँदो १ सेप्टेम्बरमा दर खुवाउने कार्यक्रम राखिएको बर्नि नेप्लिज कम्युनिटीका मुगेन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा सहभागी हुन प्रति व्याक्ति ४५ डलर शुल्क राखिएको छ भने विभिन्न साङ्गितीक प्रस्तुतिहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम साउथ बर्निको द मेनाइ होटेलमा मध्यान्ह ३ बजेदेखि राति ११ बजे सम्म सञ्चालन गरिने गौतमले जानकारी दिए ।  नर्थ वेस्टका स्थानीयहरूलाई बढ्दै गएको नेपाली समुदायको पहिचान गराउन पनि तिज जस्ता  कार्यक्रमले सहयोग पुग्ने  गौतमको भनाई छ ।

डेभनपोर्टमा पनि तिज कार्यक्रम हुने

यसैबिच डेभनपोर्ट नेप्लिज कम्युनिटीले पनि ५ सेप्टेम्बरमा तिजको दर खुवाउने कार्यक्रम राखिएको आयोजक समितिको तर्फबाट सुबास मिश्रले जानकारी दिए । नर्थ वेस्टमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन मिश्रले आग्रह गरेका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको  कार्यक्रम लाट्रोव मेमोरियल हलमा मध्यान्ह २ बजेदेखि साँझ ९ बजे सम्म रहने कार्यक्रम आयोजक समितिका चेतन कंडेलले जानकारी दिए ।  डेभनपोर्टको तीज कार्यक्रमलाई  सवै तिरबाट चासोका साथ हेरिएको  भन्दै आयोजक समितिका मिश्रले भने  ”एनआरएनए तास्मानिया तथा विभिन्न व्यवसायीहरूले पनि एक्यबद्ता  र सहयोगको प्रतिबद्धता जनाएका छन् ।” 

पिआरको सम्भावना खोज्दै पछिल्लो समय नर्थ वेस्ट तास्मानियामा नेपालीहरूको  आगमन बढ्दो छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal