eNepal

अस्ट्रेलियाको राजधानी क्यान्बेरा वर्ष दिनभन्दा लामो समयपछि १ साताको लागि लकडाउन

अस्ट्रेलियाको राजधानी क्यान्बेरामा वर्ष दिनभन्दा लामो समयपछि १ जना संक्रमित भेटिएसँगै १ साताको लागि लकडाउन घोषणा गरिएको छ।

समुदाय स्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य राज्यमा जस्तो संक्रमण फैलिन नदिन लकडाउन गर्ने निर्णय गरिएको मुख्य स्वास्थ्य अधिकारी डा. केरीन कोलम्यानले एबीसी रेडियो क्यानबेराको प्रत्यक्ष प्रशारणमा पुस्टि गरेकी हुन्। यसैबीच लकडाउन घोषणा पश्चात ती व्यक्तिको नजिकको सम्पर्कमा आएका तीन जनाको कोरोना परिक्षणको नतिजा पनि पोजेटिभ आएको छ।

बिहीबार साँझ ५:०० बाट अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा बासिन्दाले यी आवश्यक कारणहरुको लागी मात्र आफ्नो घर छोड्न सक्नेछन्। लकडाउन अवधिभर अत्यावश्यक सामान खरिद गर्न, भ्याक्सिन लगाउन, हेल्थकेयर सम्बन्धि काम, घरबाट गर्न नसकिने अत्यावश्यक कार्यालयको कामका लागि बाहिर निस्कन पाउनेछन् भने शारीरिक अभ्यासका लागि एक घण्टासम्म मात्र बाहिर रहने अनुमति दिइएको छ। रिटेल पसलहरु बन्द रहनेछन् भने हस्पिटालिटी क्षेत्रमा टेकअवे सेवाका लागि मात्र अनुमति दिइएको छ।

आज सॉंझ ५:०० बजेदेखि पार्टि गर्नका साथै पारिबारिक भेटघाट गर्न एक हप्ताको लागी रोक लगाइएको छ भने १२ बर्ष भन्दा माथि उमेरका सबैले मास्क अनिबार्य लगाउन पर्ने छ । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal