eNepal

लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको अध्यक्षमा दासुराम पाण्डे निर्वाचित

लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको अध्यक्षमा दासुराम पाण्डे निर्वाचित हुनु भएको छ । चार्ल्टनमा आइतबार सम्पन्न मन्दिर व्यवस्थापन समितिको अधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

नवनिर्वाचित अध्यक्ष पाण्डे मन्दिरको स्थापना काल देखि नै सक्रिय एक अभियन्ता एवम् ट्रस्टी हुन् । मन्दिरको कार्यसमितिमा उनले कोषाध्यक्ष, सचिव हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ। उहाँले एनआरएन यूकेमा समेत पाण्डेले कोषाध्यक्ष, सचिव र उपाध्यक्षको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

नयाँ कार्यसमितिमा सरिता पौडेल उपाध्यक्ष, जीवन वाग्ले सचिव, भोजराज कंडेल कोषाध्यक्ष र राधा खरेल सहसचिव निर्वाचित भएका छन् ।त्यस्तै, कार्यसमिति सदस्यहरुमा मन्जु गौतम, विष्णु ज्ञवाली, रामकृष्ण अर्याल, शालिक सापकोटा, अर्कराज तिम्सिना, रोमनाथ पाण्डे, हरिप्रसाद ओझा र राधा सापकोटा चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मन्दिरका संस्थापक अध्यक्ष होम शर्माले शपथ खुवाएका थिए । मन्दिरका पूर्व अध्यक्ष बालजंग अर्याल, ट्रस्टी संयोजक कर्ण शाही, पन्डित निलहरि घिमिरे लगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिंदै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव कल्पना त्रिपाठीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल अर्यालको आर्थिक प्रतिवेदन एवम् विधान समिति संयोजक कर्ण शाहीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव छलफलपछि पारित गरिएको थियो ।

लण्डन नेपाल न्युजको सहयोगमा 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal