eNepal

बार्सिलोनाले कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई गर्यो बिदाइ

बार्सिलोनाले कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई बिदाइ गरेको छ । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो ।बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका छन् ।क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको थियो । अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए ।३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे । मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal