eNepal

एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर सहित उनको पुरै प्यानल निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् ।

गत २ अगष्टमा भएको मतदानमा दीपक श्रेष्ठ र रोजिना राईलाई पछि पार्दै मगरसहित उनको पूरै प्यानलले विजय हासिल गरेका हो ।

गाहामगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी श्रेष्ठले २ हजार १ सय ९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।

यसअघि ३१ जुलाईमा गर्ने भनिएको निर्वाचन दुई दिन पर सारिएको थियो ।विहिबार मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि विभिन्न विवादको कारण मतपरिणाम शुक्रवार राती सार्वजनिक गरिएको हो ।

करिब ५ दर्जन उम्मेदवारले सहभागीता जनाए पनि गाहा मगरको समावेशी समूहले जित हासिल गरेको छ ।

उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् भने महिला उपाध्यक्षमा शकुन्तला गुरुङले ३ हजार ७ सय ४३ मत प्राप्त गर्दै जित हाँसील गरेकी छिन् ।

नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेलले ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए । स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।

सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal