eNepal

एनआरएनए अष्ट्रेलीया निर्वाचन नतिजा : निष्पक्षतामाथि प्रश्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सकिएको छ। निर्वाचनमा नन्द गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन्। योसंगै एनआरएनए अष्ट्रेलियाले २०२१-२३ का लागि नयाँ कार्यसमिति पाएको छ। यसबीचमा अहिले उक्त निर्वाचन नतिजालाई लिएर प्रश्नहरु पनि उठिरहेका छन्। 

कोभिड तथा लकडाउनका कारण यसपालीको निर्वाचन पहिलो पटक अनलाइन मार्फत गरिएको थियो। यसका लागि ठूलो र भरपर्दो कम्पनी मार्फत काम गरियो। त्यसैगरी निर्वाचन समिति खटाइयो। तर नतिजामा भने लापरबाही भएको गुनासा सुनिन थालेका छन् । प्रतिस्पर्धी उम्मेद्वार र कोही पनि रोज्दिन भन्ने मत बराबर कुल मत संख्या हुनुपर्नेमा घटबढ देखिएको छ। 

अध्यक्षका उम्मेद्वार डा ज्ञानेन्द्र रेग्मीलाई प्राप्त मत ४ हजार ८ सय ७९ रहेको छ। त्यसैगरी अध्यक्ष पदमा जित हासिल गरेका नन्द गुरुङको प्राप्त मत ८ हजार ५ सय ८३ रहेको छ। यी कुनैलाई पनि रोज्दिन भन्नेमा ७ सय ४४ मत परेको छ। सामान्य अर्थमा यी सबै मतको योगफल बराबर कुल मत हुनुपर्छ। तर यहाँ यी मतको योगफल १४ हजार दुई सय ६ हुन आउँछ, जब कुल मत खसेको १४ हजार २ सय १३ रहेको बताइएको छ। यहाँ बाँकी ७ मत कता गए त ?

यो त्रुटी केवल अध्यक्ष पदका लागि मात्र होइन, अन्य पदमा पनि देखिन्छ। समुदायमा यी प्रश्नहरु उठ्न थालिसकेकाले यसमा सम्बन्धित निकायले जवाफ दिनुपर्ने देखिन्छ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal