eNepal

नेप्लिज इन एडीलेडको नयाँ सदस्यता लिन आग्रह, संस्थाले गर्दै उदाहरणिय काम

अस्ट्रेलीयाको एडीलेड राज्यमा बसोबास गर्ने जुझारु युवाहरु मिलेर खोलीएको नेप्लिज इन एडीलेडले आफ्नो सँस्थाको सदस्यता बन्न समुदाएलाई आग्रह गरेको छ।यो सँस्था  एडिलेडमा स्थापित एक सामाजिक संस्था हो । 

सन २०१९ सेप्टेम्बरमा औपचारिक रुपमा खोलिएको यस संस्थाले एडीलेडमा भर्खरै आएका नवागंतुक विद्यार्थीहरुलाई सँस्थाको स्थापनाकालदेखि नै भरपुर सहयोग गर्दै आएको छ। विद्यार्थी भिषामा एडिलेड आउनु भएका विद्यार्थीहरुलाई एयरपोर्ट देखि कोठासम्म पुर्याउने हेतुले निशुल्क एयरपोर्टबाट ल्याउने कार्यबाट सुरुवात गरेको यस सँस्थाले हाल सम्म कम्तिमा पनि ५० जना विद्यार्थीहरुलाई यो सुविधा दिइ सकेको छ । 

विशेष गरेर उच्च अध्ययनको शिलशिलामा आउने नव बिधार्थीहरुलाई सहयोग र सेवा गर्ने मुल उद्देश्यका साथ खोलिएको सँस्थाले समुद्र तट सुरक्षा जागरूकता कार्यक्रम जस्ता उपयोगी सचेतनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ। 

अस्ट्रेलीयामा समुन्द्र तट र रिप करेन्टको बारे  जानकारी नहुँदा बर्षेनी नेपाली युवाहरुको अकालमा ज्यान गइरहेको समाचार आइरहेको हुन्छ।यस्ता सचेतना कार्यक्रमले गर्दा मानिसलाई त्यस विधामा ज्ञान बढ्ने हुन्छ । फलस्वरूप त्यसरी डुबेर ज्यान गुमाउनेको संख्या घट्छ। 

सँस्थाले गर्ने हरेक कार्यक्रमहरु विद्यार्थीमुखी र नेपाली विद्यार्थीको हितमा काम गर्ने संस्थाको रुपमा खोलिएको यस संस्थालाई निरन्तरता दिनका लागि सदस्य अनिवार्य हुने बताउँदै सत्र २०२१-२०२३ का लागि नयाँ सदस्यता बन्नको लागि सँस्था अध्यक्ष प्रकाश गैरेले आग्रह गर्नु भएको छ।सदस्यता शुल्क २ वर्षका लागि $१५ हुने र जम्मा भएको पैसा नेप्लिज इन एडीलेड को खातामा जम्मा हुने र त्यसलाई आपतकालीन कोषको रुपमा प्रयोग गरिने बताउनु भयो। 

सन् २०१९-२०२१ कार्यकालमा पनि सदस्यता शुल्क जम्मा गरिएको र सो रकम कोभिड संकटका बेलामा विद्यार्थी राहत कोष आयोजना गरेर करिव ३५ जना विद्यार्थीलाई संस्थाले राहत वितरण गरेको थियो। 

जम्मा भएको पैसा र  खर्च भएको पैसाको पारदर्शिता सार्वजनिक गर्ने र सके सम्म सबैजनालाई सदस्यता लिनुहुन हार्दिक गैरेले अनुरोध गर्नु भएको छ। सदस्यता लिने अन्तिम मिती अगष्ट ३१ सम्म रहेको छ।

https://form.jotform.com/212148501409852

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal