eNepal

आज माधव नेपाल समूहको केन्द्रीय सदस्यहरु बैठक बस्ने

काठमाडौँ, साउन-२०। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको बैठक बोलाउनु भएको छ।

बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकले पार्टी एकता र सरकारबारे धारणा तय गर्नेछ । पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन् । नेपालले पार्टी एकता बचाउन अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने दबाबकाबीच बैठक बोलाउनुभएको हो।

कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने भनेका बेला नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताउनु भएको थियो। पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलले अध्यक्ष ओली र नेपालबीच मंगलबार छलफल गराउने प्रयास गरेका थिए । तर, नेता नेपालले भने आज केन्द्रीय कमिटीको बैठक राखेर केही निर्णय गराउने प्रयास थालेको नेताहरु बताउँछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal