eNepal

ओली सरकारको जनविरोधी निर्णयलाई खारेज गर्नुपर्ने रामकुमारी झाँक्री माग

काठमाडौँ, साउन-१९।  नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले उक्त पार्टीकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरिएका सबै निर्णय खारेज हुनुपर्ने माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद झाँक्रीले यस्तो माग गरेकी हुन् । ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’ उनले भनिन् ।

झाँक्रीले ओली सरकारको पालामा गरिएका जनविरोधी निर्णय खारेज गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरेकी हुन् ।तत्कालीन प्रधानमन्त्री ओलीले तुइन युग सकियो भने पनि दार्चुलामा जयसिंह धामीले ज्यान गुमाउनुपरेको उनले बताइन्। ‘तुइन युग सकियो भनेर पूर्व प्रधानमन्त्रीले भनेका थिए तर, दार्चुलामा भारतीय एसएसबीका सेनाहरुले तुइन काटेर नेपाली नागरिक महाकालीमा वेपत्ता भएका छन्’, उनले भनिनन्, ‘यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यसैगरी उनले भनिनन् ‘झापाको गिरीबन्धु टी स्टेटलाई हदबन्दी भन्दा बढी जग्गा दिने अघिल्लो सरकार निर्णय खारेज गर्नु पनि जरुरी छ। त्यसका लागि एउटा टोली काठमाडौं आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गराउँछु।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal