eNepal

बंगलादेशविरुद्ध पाँच टि२० आई सिरिजमा अष्ट्रेलिया कप्तानी वेडले गर्ने

एजेन्सी । नियमित कप्तान आरोन फिन्च चोटका कारण टोलीमा उपलब्ध नहुँदा बंगलादेशविरुद्ध पाँच टि२० आई सिरिजमा अष्ट्रेलिया कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् ।

दुई साता अघि वेस्टइन्डिजसँगको पाँच टि२० आई सिरिजको क्रममा फिन्च घाइते भएपछी उपकप्तान वेडले टि२० आई कप्तानी जिम्मेवारी पाएका हुन् । नियमित उपकप्तान प्याट कमिन्सलाई विश्राम दिएको थियो ।

जसको कारण वेस्टइन्डिजसँगको तीन ओडिआईमा सिरिजमा विकेटकिपर एलेक्स केरीले कप्तानी निर्वाह गरेका थिए । केरी ओडिआई टोलीका उपकप्तान थिए । म्याथ्यु वेड टि२० आई टोलीको उपकप्तान हुँदा कप्तानी जिम्मेवारी पाएका हुन् । वेड अष्ट्रेलिया ११ औं टि२० आई कप्तान बन्ने छन् । वेडले घरेलु क्रिकेटमा भने लगातार कप्तानी गर्दै आएका छन् ।

बिग ब्यासमा वेडले होबर्ट हरिकेन्सबाट कप्तानी गर्ने गर्दछन् । भिक्टोरिया र तास्मनियाबाट घरेलु क्रिकेटमा कप्तानी गर्ने गर्दछन् । बंगलादेश र अष्ट्रेलियाबीचको पहिलो टि२० आई खेल मंगलबार हुने छ । दोस्रो खेल बुधबार, तेस्रो खेल शुक्रबार, चौथो खेल शनिबार र पाँचौं तथा अन्तिम खेल सोमबार हुने छ । सबै खेल बंगलादेशको शेर इ बंगला नेशनल स्टेडियम ढाकामा सुरु हुने छ । अष्ट्रेलिया प्रमुख खेलाडी स्टिभ स्मिथ, फिन्च, डेविड वार्नर, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल र प्याट कमिन्स लगायतका प्रमुख खेलाडी नहुँदा केहि दबाबमा देखिन्छ। त्यस्तै आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपको लागि यस सिरिज दुबै टोलीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal