eNepal

अष्ट्रेलियाकी पाैडी खेलाडी म्याकियनले टोकियो ओलम्पिकस्मा नयाँ रेकर्ड बनाउन सफल

जापानको टोकियोमा जारी ओलम्पिकस्मा अष्ट्रेलियाकी पाैडी खेलाडी एमा म्याकियनले ओलम्पिकको एउटै संस्करणमा ७ पदक जित्ने पाैडी खेलाडीको पुरानो रेकर्ड तोर्दै नयाँ रेकर्ड बनाउन सफल भएकी छन।

आइतबार म्याकियनले पाैडीका सबै खेल सकिँदा ओलम्पिकको एउटै संस्करणमा ७ पदक जित्ने पाैडी खेलाडीको रेकर्ड आफ्नो नाममा राखेकी हुन् । आइतबार भएको ५० मिटर स्प्रिन्ट डबलमा उनले स्वर्ण जित्दै ४ स्वर्ण पदक जित्न सफल भइन्।

कूल ७ पदक जितेकी म्याकियन एउटै ओलम्पिकमा ७ पदक जित्ने दोश्रो महिला खेलाडी समेत बनेकी छन् । सन् १९५२ को ओलम्पिकस्मा सोभियत युनियनकी जिम्न्यास्टीक खेलाडी मारिया गोरोकोभ्स्कायाले ५ स्वर्ण र २ रजत गरी ७ पदक जित्न सफल भएकी थिइन् । म्याकियनले ओलम्पिकस्को ५० मिटर हिटमा पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएकी छन् । ५० मिटरको पहिलो हिट २४.०२ सेकेन्डमा सकेकी उनले सेमि फाइनल २४ सेकेन्डमा नै पुरा गरेकी थिइन् ।म्याकियनले ४ स्वर्ण र ३ कास्य गरी जारी ओलम्पिकस्मा ७ पदक आफ्नो नाममा बनाउन सफल भइन् ।

ब्रिसबेनकी २७ वर्षीया म्याकियनले ओलम्पिकस्मा रेकर्ड बनाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छन् । उनले ओलम्पिकस्मा जितेका ती ७ पदक कडा परिश्रमको फल भएको बताएकी छन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal