eNepal

दिदीबहिनी समाजले महिला उद्यमशीलता र चुनौतीहरु बिषयक महिला संवाद आयोजना गर्दै

आगामी ८ अगस्टमा दिदीबहिनी समाज भिक्टोरीयाले मेल्बर्नमा महिला उद्यमशीलता र यसका चुनौतीहरु बिषयक महिला संवाद डिजिटल फोरम आयोजना गर्ने भएको छ।महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस फोरमले महिलाहरुका आफ्नो विचार, सीप, अनुभव र चुनौतीहरु साटासाट गर्ने सुनौलो अवसरको रुपमा हेरीएको छ।

फोरमबाट महिलाहरुमा रहेको उद्यमशीलताको उत्खनन गरी आर्थिक विकास र समृद्धिमा महिलाहरुको भूमिकालाई इन्धनको रुपमा उपयोग गर्ने आयोजकको विश्वास छ ।

भर्चुअल माध्यमबाट हुने यस कार्यक्रमका वक्ताहरुमा द्वारीका ग्रुप अफ होटल र रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठ, नेपाल महिला उद्यमी संघ Federation of Woman Entrepreneurs Associations of Nepal (FWEAN) की उपाध्यक्ष दर्शना श्रेष्ठ, लाङटाङ ट्रेकीङकी प्रबन्ध निर्देशक पम्फा धमला, सिड्नी सिटी कलेजकी प्रमुख कार्यकारी अधिकृत रन्जु वाग्ले थापा, बन्जी कम्युनिटी सर्भिसकी निर्देशक सन्जीता न्यौपानेको साथमा फोटोग्राफर एबम् लेखीका सुधीरा शाहको सहभागिता रहनेछ । डिजीटल माध्यम जुम प्रविधीबाट हुने यस बिशेष फोरमलाई अन्जना नेपालले मध्यस्थकर्ताको भुमीका निभाउदै छिन्।

महिला संवाद डिजिटल फोरम अन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर Choose to challenge र Mother and me, Intergenerational Dialogue सम्बन्धी दुई सत्रहरु सफलता पुर्वक सम्पन्न गरि सकेको दिदीबहिनी समाजले महिला उद्यमशीलता र यसका चुनौतीहरु” सम्बन्धी महिला संवाद गर्दै उनीहरुलाई उद्ययमी बनाउन प्रेरित गर्ने लक्ष्यका साथ यो कार्यक्रमलाई अगाडी ल्याएको छ।

यस कार्यक्रमले नेपाली महिला उद्यमीलाई उद्यमीशिलतामा लागिरहनका साथै नयाँ आउने उद्यमीहरुलाई चुनौतीको सामना गर्ने शक्ति, जोस, जाँगर ल्याउने आयोजकको विश्वास छ ।

जुम बैठकमा सामेल हुनलाई यो लिङ्कमा क्लिक गर्नु होला

https://us06web.zoom.us/j/81997888821?pwd=WWh2eHc1VjlWQ2Q3aGd2U1lYTWZmUT09

Meeting ID: 819 9788 8821

Passcode: 214368

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal