eNepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

चर्चीत गायिका अस्मिता अधिकारी र साथमा मेल्बर्न निवासी गायक अविनाश न्यौपानेको स्वर रहेको ‘तिमी आउने जाने’ बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा पनि नेपाली गीत संगीतमा सक्रिय अविनाशले यस अघी चार कदम, मायाँलु एवम् झिल्के साइलो बोलको गीतमा आफ्नो आवाज दिइ सकेका छन्। 

लोकप्रिय नायिका पुजा शर्मा अभिनित म्युजिक भिडियोमा पछिल्लो समय सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ ।

टंक बुढाथोकी शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुजा शर्मालाई आनन्द सिंहले साथ दिएका छन् भने भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन् ।

पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal