गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अस्ट्रेलीयाको अध्यक्षमा नन्द गुरुङ्ग विजयी हुनु भएको छ । शनिवार भएको अनलाइन निर्वाचनमा नन्द गुरुङले ८ हजार ५ सय ८६ मत ल्याउँदै प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीलाई पराजित गर्नु भएको हो । रेग्मीले ४ हजार ८ सय ७९ मत पाउनु भयो ।
त्यस्तै महासचिव पदमा क्यानबेराका राजुबाबु अधिकारी ७ हजार ८ सय १५ मत पाउँदै विजय भएका छन् भने उनका प्रतीद्वन्दी अच्युत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत्र प्राप्त गरेका थिए। सचीव पदमा सन्ध्या शाह ८ हजार १ सय २२ मतसहित विजयी भएकी छन् भने उनका प्रतिद्धन्द्धी तीर्थराज कार्कीले ४ हजार ४ सय ३३ मत प्राप्त गरेका थिए ।
सह कोषाध्यक्षमा राजकुमार नगरकोटी ७ हजार ६ सय ८३ मत सहित विजयी भए भने उनका प्रतीद्वन्दी कर्णकुमार यादवले ४ हजार ३ सय ५२ मत प्राप्त गरेका थिए। एनसीसी युवा संयोजकमा भिक्टोरीयाका बवीन मीश्र ७ हजार ८ सय ६६ मतका साथ विजयी भए भने उनका प्रतीस्पर्धी सिड्नीका महेश प्रसाई (म्याक्स) ले ४ हजार ४ सय ७५ मत प्राप्त गरे।
आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् भने एनआरएएनए अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्ज सँयोजकमा एडिलेडकी मञ्जु खड्का ७ हजार ८ सय ६४ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी प्रतीस्पर्धी सिड्नीबाट मोनी लिम्बुले ४ हजार आठ सय ७७ मत प्राप्त गरेकी छन्।
न्यु साउथवेल्सको राज्य सँयोजकमा देववहादुर गुरूङ २ हजार ९१८ मतसहित विजयी भएका छन् भने क्यानबेरा संयोजकमा अशोक बस्नेत ७५४ मतसहित विजयी भएका छन्। क्वीन्सल्याण्ड संयोजकमा ९३९ मतसहित विनोदभक्त आचार्य विजयी भएका छन् भने दक्षिण अस्ट्रेलिया संयोजकमा ९३३ मतसहित रेनुका लामा विजयी भएकी छन्। तास्मानिया संयोजकमा ६२१ मत सहित राकेश शाक्य विजयी भएका छन् भने नर्दन टेरिटोरी संयोजकमा विष्णु चापागाई ६१४ मतसहित विजयी भएका छन्। भिक्टीरीया र वेष्टर्न अस्ट्रेलिया राज्य संयोजकमा हरि खड्का र दीपक बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।
कुल १५ हजार २ सय ९८ मतदाता मध्ये १४ हजार २ सय ३३ जनाले मत खसेको थियो।
निर्वाचनमा ९२.९ प्रतिशत मत खसेको थियो ।

