eNepal

एनआरएनए अस्ट्रेलीयाको निर्वाचन भोली, अध्यक्ष पदमा डा. ज्ञानेन्द्र रेग्मी र नन्द गुरुङमा कसले मार्ला बाजी

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन भोली जुलाई ३१ तारिखका दिन अनलाईनको माध्यमबाट हुन गइरहेको छ। सन् २०२१–२३ कार्यसमिति छनोटको लागि हुने सो निर्वाचनमा राष्ट्रिय समन्वय समिति, राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिका लागि उम्मेदवारहरूको चयनको लागि निर्वाचन हुन लागेको हो।

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि नन्द गुरुङ र डा. ज्ञानेन्द्र रेग्मी यस पटक मैदानमा उत्रेका छन्। 

संघको हाल महासचिवका रुपमा कार्यरत डा. ज्ञानेन्द्र रेग्मी पेशाले अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर पनि हुनुहुन्छ ।हाम्रो एनआरएन र राम्रो एनआरएन नाराका साथ डा. ज्ञानेन्द्र रेग्मी समावेशी टिमको नेतृत्व गर्दै हुनुहुन्छ। एनआरएनएलाई साझा चौतारीका रूपमा अघि बढाउने उद्देश्यले परोपकारी कार्य गर्न आउने मनसायमा मेरो र तेरो हैन हामी सबैको भन्ने भावना बोक्नुपर्छ भन्ने आफ्नो मूल मन्त्रको साथ यो पटक अध्यक्ष पदको लागि उमेदवारी दिनु भएको हो।

अर्को तिर सन् २०१५मा राष्ट्रिय समन्वय समिति सदस्य, राज्य संयोजक, उपाध्यक्ष हुँदै हाल प्रवक्ताको भूमिका निर्वाह गरिरहेका नन्दा गुरुङ साझा एनआरएनए सबल एनआरएनए नारा बोकेर यस पाली अध्यक्ष पदमा उत्रीनु भएको छ। सन् १९९६ मा स्थापना भएको तमु समाज सिड्नीको संस्थापक, २००५ मा स्थापना भएको ग्रान्भिल गोर्खा नेप्लिज कम्युनिटी क्लबमा संस्थापक सचिव हुँदै सन् २०१२ मा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका गुरुङ बिगत १५ वर्षदेखि मोर्गेज कन्सल्टेन्टका रुपमा कार्यरत हुनुहुन्छ।नेपाली विद्यार्थी कल्याणकारी कोषको स्थापना, नेपाल सरकारसंग ओरेण्टेसन कक्षाका लागि लबिङ्ग, स्पोर्ट्स फन्ड अष्ट्रेलिया इन्भेष्टमेन्ट कम्पनी, नेपालमा कलेक्टिभ इन्भेष्टमेन्ट, कोभिडको प्रभावबाट नेपाली समुदायलाई माथी उठाउनका लागि राहत वितरण तथा इमर्जेन्सी सहयोग टास्क फोर्स, राज्य तथा केन्द्र सरकारसंग आर्थिक, सामाजिक, स्वास्थ्य सम्बन्धि राहतका लागि लबिङ्ग, जनचेतना तथा सूचना प्रवाहका लागि इन्फर्मेसन हब संचालन लगायतका एजेन्डा सहित यस पाली चुनाबमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal