eNepal

न्युसाउथवेल्समा कोरोना भाइरसको सङ्क्रमण थप फैलीदै

अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा कोरोना सङ्क्रमण थप फैलीएको छ।  दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा हिजो मात्रै थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार न्यू साउथ वेल्सभर गएको चौबीस घण्टामा थप २३९ जना सङ्क्रमित भएका छन् । सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट न्यु साउथ वेल्समा अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal