eNepal

यती फुटबल क्लबद्वारा ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई खाद्यान्न सहयोग बितरण

मेल्बर्न स्थित यती फुटबल क्लबले ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई खाद्य सहयोग वितरण गरेको छ। भिक्टोरीयामा कोरोनाभाइरसका कारण लागु गरिएको पटकपटकको लकडाउनले समस्यामा परेका बिधार्थीहरुलाई केही भएपनि खाध्यन्न सहयोग होस् भन्ने हेतुले राहत कार्यक्रम अघी सारिएको क्लबका अध्यक्ष राज शर्माले जानकारी गराउनु भयो ।

कोरोनाभाइरसको महामारी सुरुवात भएपछि समस्यामा परेका आफ्ना क्लबका खेलाडीहरुलाई राहत सहयोग वितरणबाट सुरु भएको यो अभियानलाई निरन्तरता दिदै भिक्टोरियामा रहेका अन्य नेपाली विद्यार्थीहरुलाई पनि सहयोग प्रदान गरिएको हो।

खेलकुद क्लब मात्रै नभएर सामुदायीक क्लब पनि भएकोले आफ्नो दायित्व सम्झेर यो सहयोगलाई निरन्तरता दिएको बताउँदै अर्को एकसय प्याकेट बाड्न बाँकी रहेको समेत जानकारी गराउनु भयो। क्लवमा धेरै जसो खेलाडीहरु बिधार्थीहरुनै रहेकोले उनीहरुलाई परेको बेलामा सहयोग गर्नु आफ्नो कर्तव्य ठान्दै यस कार्यक्रम शुरु गरिएको थियो।

भिक्टोरिया सरकार, राका नामक शरणार्थी संस्था र निजी व्यवसायहरुको सहयोगमा दाल, चामल, तेल र चाउचाउ लगायतका अन्य आधारभूत खाद्य सामग्री वितरण गरिएको छ।

यती फुटबल क्लबले हरेक बर्षको मार्च महिनामा आयोजना गर्दै कण्डेल कन्सल्टेन्सी कप अब भने सेप्टेम्बरमा आयोजना हुने पनि अध्यक्ष शर्माले बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal