eNepal

अगस्ट १० को रात जनगणना हुँदैछ, जनगणनामा सहभागी हुन किन जरुरी छ?

अस्ट्रेलियाको तथ्याङ्क विभागले प्रत्येक पाँच बर्षमा अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्दछ। यसलाई नै जनगणना भनिन्छ। यसले तपाईंको उमेर जन्मेको देश, धर्म, कुल, घरमा प्रयोग गरिने भाषा, काम र शिक्षाको बारेमा सोध्दछ। अगष्ट १०, २०२१ मा तपाईंको घरमा रहेका सबै ब्यक्तिहरु समावेस हुनुपर्छ, जसमा अन्तर्राष्ट्रिय आगन्तुकहरु र वालवालिका पनि समावेश हुनुपर्दछ।

तपाईंले जनगणना गर्न किन जरुरी छ?

जनगणनाले हामिलाई अहिले र भबिष्यमा चाहिने कुराहरु थाहा पाउन सहयोग गर्दछ।

जनगणनाबाट प्राप्त जानकारीले सरकारहरू, ब्यवसायहरु र देशभरि रहेका गैर-नाफा मुलक संस्थाहरुलाई उचित निर्णयहरू लिन सहयोग गर्दछ। यसले समुदायमा रहेका समूहहरूलाई व्यक्ति, परिवार र समुदायहरूको लागि स्थानीय सेवाहरू योजना गर्न पनि मद्दत गर्दछ।

हाम्रो जस्तो बढ्दो आप्रवासी समुदायबाट जनगणनामा साहभागि हुनु अत्यन्तै आवस्यक रहेको बताउनु हुन्छ न्याभका पुर्व अध्यक्ष तारा गैरे।उहाँ भन्नु हुन्छ यसमा सहभागीता जनाउँदा समुदाएलाई धेरै फाईदाहरु हुन सक्छ।कुनै पनि काउन्सिल होस् या क्षेत्र वा राज्य या बिशेष ठाउँको आधिकारिक तथ्यांक भनेको अष्ट्रेलियाली तथ्याङ्क ब्यूरो (ABS) नै हो। कुन ठाउँमा हाम्रो उपस्थिती कस्तो छ भनेर आङकलन लगाउन त्यही डाटा प्रयोग हुन्छ र यसबाट हामीले पाउने सेवा सुबिधाहरु जस्तै सरकारी अनुदान, आफ्नो भाषामा सुचना त्यही डाटा अनुसारको हुन्छ ।  

जब हामी यो जनगणनामा सहभागि हुँदैनौ हाम्रो आधिकारिक उपस्थिती हुँदैन अनी हामीले पाउने सेवाबाट बन्चित हुनु पर्दछ। 

नोटः यो तथ्याङ्क सबै आगन्तुक र विद्यार्थीहरूको लागि पनि लागू हुन्छ।

नेपाली भाषामा थप जानकारीको लागि तल दिएको लिन्कमा जानुहोस्

https://census.abs.gov.au/nepali?fbclid=IwAR3-leZzwzVuw9NxZV9tEq2SS8Yb7dyN5ouYJjRV3UH8kckcrrsL297_pTo

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal