eNepal

तास्मानियाको निर्वाचन आयुक्तको लाग्यो टुङ्गो, अव केन्द्रले कमान्ड गर्ने

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन आगामी ३१ जुलाईमा अनलाईन मार्फत सम्पन्न हुँदैछ । निर्वाचन आयोगले आफ्नो तयारी तिव्र गतिमा गरिरहेको जनाएको छ । यस पटक पनि भेरो नामक कम्पनीले नै निर्वाचनको जिम्मा पाएको छ । निर्वाचन आयोग बनाउने बेलादेखि विवाद सुरु भएको तास्मानियाको गैर आबासीय नेपाली संघ अष्ट्रेलियाको मतदानका लागि सँस्थाले तास्मानिया निबासी पुनम पन्तलाई निर्वाचन आयुक्त सिफारिस गरेको थियो।

तास्मानिया राज्यको लागि प्रस्तावित नामलाई बेवास्ता गर्दै बोर्डले आयुक्तमा अर्कै  नाम पारित गरेको र बोर्डले केवल औपचारिकताका लागि मात्र नाम प्रस्ताव गर्न मागेको तर निर्णय भने एकतर्फी रुपमा लादिएको आरोप लगाउँदै बिधान मिचेर बनाइको नामलाई लिएर समुदाएबाट असन्तुष्टि व्यक्त गरिएको थियो।

बिशेष श्रोतका अनुसार उनले आज आयुक्तबाट राजीनामा दिएकी छिन्। यो सँगै अब तासमानियाको निर्बाचन केन्द्रले नै कमान्ड गर्ने भएको छ ।

एनआरएनका तास्मानिया संयोजक सन्देश परियारले विधान विपरित नियुक्ति नगर्न चेतावनी दिँदै सर्वसम्मतिले आयोगमा पठाएको नाम समेत सदर नगरेर यत्तिकै कमाण्ड केन्द्रले लिएको बताएका छन्। 

केन्द्रीय निर्वाचन आयोग श्रोतले यस कुराको पुष्टि गर्दै अनलाईन भोटिङ हुने भएकोले केन्द्रले हेर्दा पनि फरक नहुने बताएको छ।

१३ जुलाईमा अष्ट्रेलियाका सबै राज्यबाट प्रतिनिधित्व हुनेगरी निर्वाचन आयुक्तहरु तोकिए पनि टास्मानिया राज्यको लागि निर्वाचन आयुक्त तोकिएको थिएन। चुनाब भने आगामी ३१ जुलाईमा अनलाईनबाट हुँदैछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal