eNepal

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा डा. ज्ञानेन्द्र रेग्मीको उमेदवारी, यस्ता छन् प्रतिबद्धताहरु

गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्ष पदमा डा ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा भएको छ ।संघको हाल महासचिवका रुपमा कार्यरत रेग्मी पेशाले अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर पनि हुनुहुन्छ ।हाम्रो एनआरएन र राम्रो एनआरएन नाराका साथ डा. ज्ञानेन्द्र रेग्मी समावेशी टिमको नेतृत्व गर्दै हुनुहुन्छ।

प्रवक्ता र वर्तमान महासचिबका रुपमा सफल कार्यकाल सम्पन्न गरि सक्नु भएका डा. रेग्मीको टोलीमा उपाध्यक्ष तथा एनएसडब्लुको संयोजकमा देब बहादुर गुरुङ रहेका छन् भने महासचिव पदका लागि अच्युत शर्मा थपलियाले उमेदवारी दिएका छन्। सचिवका लागि तीर्थराज कार्की, संयुक्त कोषाध्यक्षमा कर्णकुमार यादव, युवा संयोजकमा महेश प्रसाई (म्याक्स)ले उमेदवारी दिएका छन्।त्यस्तै न्युसाउथवेल्स डेपुटी कोअडीनेटरमा सुकिर्ती भट्ट, सहसचीवमा प्रेम महराको उमेदवारी परेको छ भने युवा संयोजकमा कलम खड्का अनि एनआरएएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जको महिला संयोजकमा मोनी लिम्बुको उमेदवारी परेको छ।

कोषाध्यक्षमा बाबुराम गौतमले उम्मेदवारी फिर्ता लिएपछि साझा एनआरएनए सवल एनआरएन समुहबाट अनिल पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने सह–युवा संयोजकमा चन्द्र तिवारी निर्विरोध निर्वाचित भइसकेका छन्।

एनआरएनएलाई साझा चौतारीका रूपमा अघि बढाउने उद्देश्यले परोपकारी कार्य गर्न आउने मनसायमा मेरो र तेरो हैन हामी सबैको भन्ने भावना बोक्नुपर्छ भन्ने आफ्नो मूल मन्त्रको साथ यो पटक अध्यक्ष पदको लागि उमेदवारी दिनु भएको हो।

हाल Department of Planning, Industries & Environment (DPIE) मा जलस्रोत बिज्ञ (सिनियर ईन्जिनियर) को रुपमा कार्यरत डा. रेग्मी सन् १९९५ देखी सन् १९९९ सम्म पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस ( बिई सिभिल )को अध्ययन गर्नु भएको थियो।सन् २००४ देखि सन् २००६ सम्म साइटामा युनिभर्सिटी जापानबाट एमई सिभिल को अध्ययन सक्नु भएको हो।

सन २००८ देखि सन् २०११ सम्म ओलोङोङ युनिभर्सिटी अस्ट्रेलियाबाट पि एच डि सकेर सन् २०११ देखी अष्ट्रेलियामा ईन्जिनियरका रुपमा कार्यरत हुनुहुन्छ। 

इमान्दारिता पुर्वक काम गरेर संस्थामा भएको बेथितीलाई हटाउने , संस्थालाई भर्याङ बनाउन होइन समाजको निम्ती केही दिन आउने भन्ने प्रमाणित गर्न अनी सामुहिक भावनामा हाम्रो अर्थात सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान बोकेर यस पटक एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ।

उनका प्रतिबद्धताहरु यस प्रकार छन्-

१: निर्वाचित डाइरेक्टरहरुको अनुगमन र निर्देशनमा दैनिक र आवश्यक प्रशासनिक काम गर्न मुख्यालयमा कर्मचारीको व्यबस्था गर्ने

२: Vision 2020 & Beyond ले परिकल्पना गरेको NRNA Foundation र Policy Institute को स्थापनाको अलावा अरू बाँकी कामलाई अस्ट्रेलीयाको एनसीसीबाट शुरु गराउने

३: नेपाल सरकार र एनआरएनए आइसीसीसँगको सहकार्यमा अस्ट्रेलीयाको बिधार्थी भिषा लागेका युवाहरूको लागि भर्चुअल माध्यमबाट पुर्व प्रस्थान जानकारी शत्र नियमीत रुपमा संचालन गर्ने

४: विधार्थी सल्लाहाकार परिषदलाई सँघको बिधानमै व्यबस्था गरि नेपाली विधार्थीलाई एनआरएनको महत्पुर्ण हिस्साको रुपमा ग्रहण गरिने र यसको संगठन सबै राज्यमा बिस्तार गरि अझ क्रियाशिल बनाउने

५: विधार्थीको सँख्या हेरी हर्क विश्वबिधालय र कलेजमा नेपाली बिधार्थीका लागी कम्तिमा प्रत्येक ५-१० जनाको लागि एक जना उपदेशकको व्यबस्था गर्ने

६: सदस्यका लागि बनाइने एनआरएनए एप सँगै नेपाली बिधार्थीको लागि पनि एप बनाइ अत्यावस्यक जानकारी त्यसै मार्फत उपलव्ध गराइने 

७: नेपालीमुलका युवा तथा दोश्रो पुस्ताको लागि मात्रृभुमीका लागि युवा स्वमसेवी कार्यक्रम संचालनमा ल्याउने

८: नेपाली मुलका युवा तथा दोश्रो पुस्ता र बिधार्थीहरुको लागि हरेक दुई बर्षमा नेपाली मुलका युवा तथा दोश्रो पुस्ता र बिधार्थी सम्मेलन गरिने र सम्मेलनमा पहिल्याएको मुद्दा र समाधानक खातिर योजना बनाइने

९: नेपाली मुलका बिधार्थी, बयस्क र पुर्व बयस्क समुदाएमा आपसी भेटघाट र परिचय मार्फत सामाजिक संजाललाई फराकिलो पार्न हरेक राज्य समुदायिक भेटघाटको आयोजना गरिने आदि रहेका छन्।

आगामी ३१ जुलाइमा अनलाईनबाट हुन गइरहेको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा तीन सय ४५ जना उम्मेदवारहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal