eNepal

२०३२को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

ब्रिसबेन, अस्ट्रेलिया। सन् २०३२को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।

हालसम्म अस्ट्रेलियामा दुईपटक ओलम्पिक आयोजना भएको थियो। यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ‌ओलम्पिक आयोजना भएको थियो भने यसपाली अस्ट्रेलियाको ब्रिसबेनमा तेस्रो पटक ओलम्पिक हुने भएको अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले जनाएको छ।

बुधबार टोकियोमा सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो। त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ। कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी पर्सी बिहीबारदेखि सुरु हुँदैछ। त्यस्तै यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal