eNepal

प्रबासी नेपाली बिधार्थी संगठन अस्ट्रेलियाको एनएसडब्लु राज्य कमिटि बिस्तार

प्रबासी नेपाली बिधार्थी संगठन अस्ट्रेलियाले आफनो कार्यसमिति बिस्तार अन्तर्गत एनएसडब्लु राज्य कमिटि बिस्तार गरेको छ। केन्द्रिय कमिटिले भर्चुअल जुम माध्यमबाट चयन गरेको छ। 

बैठकबाट संयोजकमा सागर भुर्तेल, महिला संयोजकमा चन्द्रा गिरि, सचिबमा मिलन घिमिरे, कोषाध्यक्षमा प्रभेश, खेलकुद संयोजकमा माधव बोहोरा र आइटि संयोजकमा आभास सापकोटा चयन भएका छन्। 

बैठकबाट करिश्मा कार्की , पूजा गौतम,  गुणराज कडेल , संगम घर्तिमगर , निश्चल ढकाल , सन्तोष यादव ,प्रकाश सापकोटा , अर्चना श्रेष्ठ, सुजन ढकाल र उज्ज्वल ढुंगानालाइ सदस्यमा चयन भएका छन्। 

नेपाली बिध्यार्थीहरूको साझा संगठनको रुपमा अघी बढिरहेको संगठनले हरेक राज्यमा छुट्टै कमिटी बनाउदा बढि प्रभाबकारी हुने भएकाले प्रतेक राज्यमा कमिटि बिस्तार गर्न लागेको संगठनका केन्द्रिय अध्यक्ष सम्राट ओलीले बताए। 

केहि हप्ता अघि मात्रै केंद्रीय कमिटिको बिस्तार र राज्य संयोजकहरु चयन गरिएको थियो। संगठनले क्रमशः हरेक हप्ता गरी बिभिन्न बिभाग, हरेक राज्य कमिटी, उप-समितिहरू निर्माणलाइ तिब्रता दिएको छ। 

सम्पूर्ण कमिटी, उप-समितिहरू र बिभिन्न जिम्मेवारीको तयार भए पस्चात एकमुस्ठ रुपमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम समेतको आयोजना गरिने साथै सोही दिन सम्पूर्ण लाई परिचय पत्र समेत बितरण गरिने अध्यक्ष ओलीले बताए।  

एनएसडब्लु राज्य संयोजक सागर भुर्तेलले आफुलाई समाजसेवामा अघी बढ्न इच्छा रहेको हुदा बिध्यार्थीको हितका निम्ति काम गर्न राज्य संयोजकको जिम्मेवारी बोकेको बताए। भुर्तेलका अनुसार सबैभन्दा बढी नेपाली बिद्यार्थी भएको राज्य भएको हुनाले समस्या पनि बढि हुने हुनाले यस संगठनबाट धेरैलाइ समेटन सकिने र आवश्यक सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्ने कुरा बताए ।

त्यस्तै चंद्रा गिरी सदस्य हुदै केंद्रीय महिला बिभागको सचिवको जिम्मेवारी सम्हाले संगै न्यू साउथ वेल्स राज्यको पनी जिम्मेवारी लिएकी छन ।संगठनले आगामी हप्ता थप क़मिटी विस्तार गर्ने भएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal