एनआरएनए अस्ट्रेलीयाको चुनाब आगामी ३१ जुलाईमा हुँदैछ। चुनाब नजिकीदै गर्दा टास्मानियाको चुनाबी माहौल पनि मज्जैले तातिएको छ। अष्ट्रेलियाका सबै राज्यबाट प्रतिनिधित्व हुनेगरी निर्वाचन आयुक्तहरु तोकिए पनि हाल सम्म पनि टास्मानिया राज्यको लागि निर्वाचन आयुक्त तोकिएको छैन।चुनाब आउन मात्र एघार दिन बाँकी रहँदै गर्दा तास्मानिया राज्यको लागि निर्वाचन आयुक्त घोषणा नगर्नुलाई समुदाएले शंकाको घेराले हेरीरहेका छन्।
बिशेष श्रोतबाट प्राप्त जानकारी अनुसार तास्मानिया राज्यको लागि प्रस्तावित नामलाई बेवास्ता गर्दै बोर्डले आयुक्तमा अर्कै व्यक्तिको नाम पारित गरेको थियो। बोर्डले केवल औपचारिकताका लागि मात्र नाम प्रस्ताव गर्न मागेको, तर निर्णय भने एकतर्फी रुपमा लादिएको आरोप लगाउँदै आएको थियो। प्रस्तावित नामलाई बेवास्ता गर्दै बोर्डले आयुक्तमा अर्कै व्यक्तिको नाम पारित गरे पछि केही व्यक्तिबाट असन्तुष्टि व्यक्त गर्दै आएको थियो।
यता चुनाबमा तास्मानिया राज्य संयोजक पदका लागि “हाम्रो एनआरएनए, राम्रो एनआरएनए” नारा सहित सन्देश परियारको समुह र “साझा एनआरएनए, सबल एनआरएनए” नारा सहित राकेश श्रेष्ठको उमेदवारी परेको छ भने उपसंयोजकमा टेकनाथ सापकोटा र जगदीश खड्काले उमेदवारी दिएका छन्। सचीव पदमा प्रदिप प्रसाद पोखरेल र लोकेन बिष्ट प्रतिस्पर्धा गर्दै छन् भने सहसचीव पदका लागि मुगेन्द्र गौतम र चन्द्रकृष्ण हैजुको उमेदवारी परेको छ।कोषाध्यक्ष पदको लागि उमेश सेन्च्युरी र गणेश घिमीरेले उमेदवारी दिएका छन्। त्यस्तै राज्य युवा संयोजकमा रेवत रावत क्षेत्री र सुरज अधिकारी अनि उपसंयोजकमा प्रमोद भण्डारी र अनील ढकालले उमेदवारी दिएका छन्। नारी निकुण्ज संयोजकमा याङ्गी शेर्पा र प्रनीता राई पन्तको उमेदवारी परेको छ।
एनआरएनए अष्ट्रेलिया भनेको विशुद्ध सामाजिक संस्था हुनुपर्छ भन्दै त्यहाँभित्र प्रवेश भइरहेका गलत प्रवृत्ति रोकिनु पर्ने बिचार सहित चुनाबमा होमीएको छ सन्देश परियारको समुह।
पछिल्लो समय तास्मानियामा नेपालीहरुको संख्या बढ्दै गएको छ भने विद्यार्थीदेखि व्यवसायीसम्मले यहाँ आफ्नो गन्तव्य खोजिरहेका छन्। त्यस्तै संघसंस्थाहरुको संख्या पनि उत्तिकै बढिरहेको छ। यस्तो अवस्थामा सबैलाई समेटेर लैजानु एनआरएनएको जिम्मेवारी बनेको छ। जुन जिम्मेवारी बहन गर्नका लागि मन, वचन र कर्मले आफूलाई पूर्ण रुपमा तयार रहेको बताउछन् परियारको समुह।
त्यस्तै लोकतान्त्रिक पक्षधरका तर्फबाट संयोजक पदमा उमेदवारी दिनु भएका राकेश श्रेष्ठ तास्मानिया सरकारसम्म पुगेर नेपाली र अष्ट्रेलियन खेलाडीहरूबीच एक आपसमा सम्बन्ध गाँसेर खेलकुद क्षेत्रमा नयाँ कार्य योजना ल्याउने तर्फ पनि गृहकार्य गर्ने कुरा अगाडी सार्नु भएको छ। यो समूहले तास्मानिया सरकारसम्म पुगेर नेपाली र अष्ट्रेलियन खेलाडीहरूबीच एक आपसमा सम्बन्ध गाँसेर खेलकुद क्षेत्रमा नयाँ कार्य योजना ल्याउने बताउँदै आएको छ।

