एनआरएनए निर्वाचन समिति अस्ट्रेलीयाद्वारा मिति २०२१ जुलाई १७ तारीख २३:५९ बजेसम्मको अवधिमा गरिएको उम्मेदवारी दर्ता आह्वान अनुसार प्रारम्भिक उम्मेदवार नामावली प्रकाशित गरिएको छ।
प्रारम्भिक उम्मेदवार नामावली अनुसार एनसीसी प्रेसीडेन्टको लागि न्युसाउथ वेल्स राज्यबाट हाम्रो एनआरएनए, राम्रो एनआरएन नाराका साथ डा. ज्ञानेन्द्र रेग्मी र साझा एनआरएनए, सवल एनआरएनएको नाराका साथ नन्दा गुरुङ भिड्दैछन्।यस अघी रेग्मी एनआरएनए अस्ट्रेलीयाका महासचीव थिए भने गुरुङ प्रवक्ता थिए। त्यस्तै एनसीसी महासचीवमा राजुबाबु अधिकारी र अच्युत शर्मा थपलिया भिड्दै छन्। एनसीसी सचीव पदका लागि तीर्थ राज कार्की र सन्ध्या (सविता) शाह, कोषाध्यक्ष पदका लागि अनील पोखरेल र बाबु राम गौतमको उमेदवारी परेको छ। सह कोषाध्यक्षको लागि कर्ण कुमार यादव र राज कुमार नगरकोटीले उमेदवारी दिनु भएको छ भने एनसीसी युथ कोअडीनेरमा महेस प्रसाई र बवीन मिश्रको उमेदवारी परेको छ।युथ डेपुटी कोअडीनेटरमा बद्री कुमार बरुवाल र चन्द्र प्रसाद तिवारी भिड्दैछन् भने युथ सेक्रेटरीमा सुजन न्यौपाने र क्षितीज बुढाथोकी भिड्ने भएका छन्।
नारी निकुण्ज संयोजकमा मोनी लिम्बु र मन्जु खड्काको उमेदवारी परेको छ भने आइसीसी सदस्यका लागि बुद्दी डल्लाकोटी, परशुराम अधिकारी, मेघराज पौडेल, राजेश बुढीथोकी, चिन बहादुर नेपाली, परेश राज घिमीरे, प्रेम प्रसाद कन्डेल, सरोज पाण्डे, राज कुमार अधिकारी, सुर्य आचार्य, धर्मराज अधिकारी, नवीन भण्डारी, चन्द्र प्रकास ढकाल, अन्नत एलेक्स कार्की, दिकपाल देव पङ्गेनी र प्रज्वल भट्टराईको उमेदवारी परेको छ।
त्यस्तै न्युसाउथवेल्सबाट राज्य संयोजकमा प्रतीज्ञा अधिकारी र देव गुरुङको उमेदवारी परेको छ भने सहसंयोजकमा सुकिर्ती राज्य लक्ष्मी भट्ट, चोला कान्त कोइराला र ब्रसीस सिलवालको उमेदवारी परेको छ।सचीव पदकी लागि अनील पौडेल, रेजील श्रेष्ठ र बिनोद बहादुर कुँवरको उमेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि भावना श्रेष्ठ र उध्धव बिस्ट भिड्दैछन्।सदस्यको लागि मात्र न्युसाउथवेल्सबाट २८ जनाको उमेदवारी परेको छ।युवा संयोजकमा बिक्रम दाहाल र कलम खड्काको उमेदवारी परेको छ भने सह युवा संयोजकमा राजेश टन्डन र अनुज पराजुलीको उमेदवारी परेको छ।
यता भिक्टोरिया राज्य समितिका सबै पद निर्विरोध हुने छाँटकाँट देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उमेदवारी सुची अनुसार मुख्य पदहरुमा एक एक जनाको मात्रै उमेदवारी परेको छ।
भिक्टोरीया राज्यका लागि राज्य संयोजकमा हरि खड्काको मात्र उमेदवारी परेको छ भने उपसंयोजकमा नारायण कटुवालको मात्र उमेदवारी परेको छ। त्यस्तै सचीव पदका लागि गणेश कँडेल, सहसचीव पदमा दिपक अधिकारी, कोषाध्यक्षमा हेमराज पौडेलको उमेदवारी परेको छ। राज्य समिति सदस्यका उम्मेदवारहरुमा जीवन आचार्य, चिरञ्जीवी पोखरेल, प्रिती राना थापा, बवि लामा, समन्यु थापा, कृष्ण बहादुर महरा क्षेत्री, गणेश भण्डारी र विजय दाहाल रहेका छन् ।
त्यस्तै राज्य युवा संयोजकमा मनिष नेपाल र उपसंयोजकमा शसेन्द्र केसीको उमेदवारी परेको छ भने नारी निकुण्ज संयोजकमा पारु सापकोटा र उपसंयोजकमा राशी सिङको मात्र उमेदवारी परेको छ।
उता तास्मानिया भने यस पाली एनआरएनएको चुनावी सहगर्मी ब्यापक रुपमा बढेको देखीन्छ। राज्य संयोजक पदका लागि सन्देश परियार र राकेश श्रेष्ठको उमेदवारी परेको छ भने उपसंयोजकमा टेकनाथ सापकोटा र जगदीश खड्काले उमेदवारी दिएका छन्। सचीव पदमा प्रदिप प्रसाद पोखरेल र लोकेन बिष्ट प्रतिस्पर्धा गर्दै छन् भने सहसचीव पदका लागि मुगेन्द्र गौतम र चन्द्रकृष्ण हैजुको उमेदवारी परेको छ।कोषाध्यक्ष पदको लागि उमेश सेन्च्युरी र गणेश घिमीरेले उमेदवारी दिएका छन्। त्यस्तै राज्य युवा संयोजकमा रेवत रावत क्षेत्री र सुरज अधिकारी अनि उपसंयोजकमा प्रमोद भण्डारी र अनील ढकालले उमेदवारी दिएका छन्। नारी निकुण्ज संयोजकमा याङ्गी शेर्पा र प्रनीता राई पन्तको उमेदवारी परेको छ।
त्यस्तै नर्दन टेरीटोरी राज्यमा राज्य संयोजकमा विष्णु चापागाई र आशिष भुसाल भिड्दै छन् भने उपसंयोजकमा सञ्जिव गोर्खाली ढकाल र भवानी पौडलको उमेदवारी परेको छ। सचिवमा शिवराम पौडेल र रवीन कुमार भुसाल भिड्दै छन् भने सहसचिवमा आकाश बिसी र श्रद्धा घिमीरेको उमेदवारी परेको छ। कोषाध्यक्षमा विजय शर्मा र आशीष राज जमरकट्टेलले उमेदवारी दिएका छन्। युवा संयोजकमा नवराज सापकोटा र श्रीजन कार्की अनि नारी निकुञ्ज संयोजकमा आशिका उप्रेती र श्रृजना केसीको उमेदवारी परेको छ।
क्वान्सल्याण्ड राज्यको लागि राज्य संयोजकमा आशिष न्यौपाने र बिनोद भक्त आचार्यको उमेदवारी परेको छ भने सहसंयोजक पदमा सन्देश श्रेष्ठ र शम्भु घैंसेले उमेदवारी दिएका छन्, सचिवमा अरुण तिवारी र अतुल खड्का अनि सहसचिवमा दिपक क्षेत्री र श्यामकुमार बस्नेतको उमेदवारी परेको छ। त्यस्तै कोषाध्यक्षमा विकासमान सिंह भण्डारी र सन्तोष कुमार पौड्यालको उमेदवारी परेको छ भने समावेशी समुहले युवा संयोजक, युवा सहसंयोजक, महिला संयोजक, महिला उपसंयोजकमा उमेदवारी दर्ता नगराए पछि प्रजातान्त्रिक समुहका उमेद्वारहरु मन्दिप केसी, अनील खत्री, लक्ष्मी तामाङ, पल्लवी सापकोटा निर्विरोध चयन हुने भएका छन् ।
वेस्टर्न अस्ट्रेलीयामा पनि मुख्य पदहरुमा लगभग निर्बिरोध हुने पक्का देखिएको छ। राज्य संयोजकमा दिपक बस्नेतको मात्र उमेदवारी परेको छ भने उपसंयोजकमा सुनील श्रेष्ठको मात्र उमेदवारी परेको छ। त्यस्तै सचीव पदका लागि प्रमेश केशी, सहसचीव पदमा गोपाल शर्मा, कोषाध्यक्षमा महेश लामाको उमेदवारी परेको छ। राज्य समिति सदस्यका उम्मेदवारहरुमा किशोर ज्ञावली, भुवन खड्का, रुस्तम मास्के, बासु सापकोटाको उमेदवारी परेको छ। त्यस्तै राज्य युवा संयोजकमा बनु लिम्बु र उपसंयोजकमा सरोज कार्कीको उमेदवारी परेको छ भने नारी निकुण्ज संयोजकमा रत्ना गुरुङ र उपसंयोजकमा योजना पन्त अधिकारीके मात्र उमेदवारी परेको छ।
उता अस्ट्रेलीयन क्यापिल टेरिटोरीमा राज्य संयोजकमा अशोक बस्नेत र अभिसेक उप्रेतीको उमेदवारी परेको छ भने सहसंयोजक पदमा मिरा ढुङ्गेल र बिक्रम सुवेदीले उमेदवारी दिएका छन्, सचिवमा बासु चापागाइ र काशी भुसाल अनि सहसचिवमा सितादेवी पौडेल सापकोटा र समीर आचार्यको उमेदवारी परेको छ। त्यस्तै कोषाध्यक्षमा रौनक कोइराला र बिशाल कोइरालाको उमेदवारी परेको छ भने युवा संयोजकमा रविन मैनाली र सागर पौडेलले उमेदवारी दिएका छन्। युवा सहसंयोजकमा अर्जुन केसी, महिला संयोजकमा सिफालिका अर्याल र महिला उपसंयोजकमा क्रितीम गुरुङको उमेदवारी परेको छ।
प्रारम्भिक उम्मेदवार नामावलीमा भएका विवरणहरूका बारेमा दावी, बिरोध, र संसोधन प्रस्तावहरू लगायत दर्ता गरिएको उम्मेदवारी फिर्ता लिनुपरेमा मिति २०२१ जुलाई २० तारीख सम्मको समय तोकीएको छ। २१ तारीखका दिन उमेदवारहरुको अन्तीम नामावली सार्वजनिक गरिने छ।

