eNepal

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्तको परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन्।

देउवाले मंगलबार साँझ पाँच बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ। यसका लागि सबै तयारी पूरा भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णय ‘असंवैधानिक’ ठहर गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो।

प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। देउवा पक्षमा बहुमत देखिएकाले देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न अदालतले आदेश दिएको हो। संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्‍त्रीमा नियुक्त हुन लागेका हुन्।

सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। अदालतले पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन श्रावण ३ गते आइतबार अपरान्ह ५ बजेभित्री प्रारम्भ हुनेगरी बैठक बस्ने व्यवस्था तत्काल मिलाउन परमादेश जारी गरेको छ।  

त्यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। खाँडले अहिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा सपथ लिएलगत्तै गृहमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ । त्यस्तै कानुन मन्त्री ज्ञानेन्द्र कार्की, अर्थमा जनार्दन शर्मा र उर्जामा पम्पा भुसाल लगभग पक्का भएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal