नेप्लिज एसोसिएसन अफ भिक्टोरीया न्याभको आयोजना अनि दोरीन मरेण्डा नेपाली समुदाएको सहकार्यमा १० जुलाइका दिन मरेन्डाको जिन्डी कम्युनिटी हलमा कोभीड १९ भ्याक्सिन सुचना सत्र सम्पन्न भएको छ।
उक्त कार्यक्रममा भिक्टोरीया स्वास्थ्य विभागका प्रतिनिधि मोहमद मोइनले १ घन्टा भन्दा लामो कोभीड १९ सम्बन्धी जानकारी गराउनुका साथै भ्याक्सिन बारे नेपाली समुदायका सदस्यहरुका साथै बाल बिकास पाठशालाका बिध्यार्थीहरुलाइ जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्य विभाग कोभिड-१९ का एड्भाईजर परशुराम लुइँटेलको पनि सहभागिता थियो।

५० जना भन्दा बढि नेपाली समुदायको उपस्थिती रहेको उक्त कार्यक्रममा न्याभका अध्यक्ष राम गुरुङले स्वागत मन्तब्य राख्दै डोरिन मरेण्डासँग यस्तो कोभिडको महामारीले ग्रसित अवस्थामा शिक्षामुलक, ज्ञानमुलक तथा उपलब्धिमुलक कार्यमा यसरी सहकार्य गरेर समाजका सदस्यहरुले राहत पाएकोमा खुशि ब्यक्त गर्दै डोरिन मरेण्डा नेप्लिज कम्यूनिटीलाई आभार ब्यक्त गर्नुभएको थियो ।
डोरिन मरन्डा नेप्लिज कम्युनिटीका अध्यक्ष गोपाल काफ्लेले उपस्थिती महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि न्याभसँग यस्ता सामाजिक गतिबिधिमा सँगै हातेमालो गरेर जाने कुरामा प्रतिबद्दता ब्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा न्याभको तर्फबाट स्वास्थ्य बिभागका प्रतिनिधिहरू तथा डोरिन मरेण्डा कम्युनिटीलाई मायाँको चिनो उपहार प्रदान गरिईएको थियो । न्याभको सहयोग र संयोजनमा डोरिन मरेन्डा नेप्लीज कम्युनिटिले हरेक शनिबार ५० भन्दा बढि नेपाली बालबालिकाको लागि नेपाली भाषा तथा नृत्य कक्षा पनि संचालन गर्दै आएको छ।

