eNepal

भिक्टोरीयाबाट साझा एनआरएनए, सबल एनआरएनए’ समूहको उम्मेदवार घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)अष्ट्रेलियाको आसन्न निर्वाचनमा भिक्टोरीया राज्यको लागि लोकतान्त्रिक पक्षले ‘साझा एनआरएनए, सबल एनआरएनए’ समूहको समूहगत उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार भएको विशेष भेलाले एनआरएनए भिक्टोरिया राज्यका लागि उम्मेदवारहरु तय गरेको हो ।

भिक्टोरीया राज्यका लागि राज्य संयोजकमा हरि खड्काले उमेदवारी घोषणा गर्नु भएको छ भने उपसंयोजकमा नारायण कटुवालले उमेदवारी दिनु भएको छ। त्यस्तै सचीव पदका लागि गणेश कँडेल, सहसचीव पदमा दिपक अधिकारी, कोषाध्यक्षमा हेमराज पौडेलको उमेदवारी परेको छ। राज्य समिति सदस्यका उम्मेदवारहरुमा जीवन आचार्य, चिरञ्जीवी पोखरेल, प्रिती राना थापा, बवि लामा र विजय दाहाल रहेका छन् । 

त्यस्तै राज्य युवा संयोजकमा मनिष नेपाल, उपसंयोजकमा शसेन्द्र केसी, युवा सदस्यहरुमा बिक्रम तिवारी, लक्ष्मण सन्ज्याल, मातृका खनाल, गौरव सुनुवार र रन्जीत सापकोटा रहेका छन् ।

राज्य परिषद सदस्य पदको उमेदवारीमा भिक्टोरीयाबाट महेन्द्र घिमीरे र विश्व गौडेलको उमेदवारी परेको छ भने एनसिसि युथ कोअडीनेर पदको उमेदवारीमा बबीन मिश्र अनि अन्तराष्ट्रिय समन्वय समिति (आइसिसी) सदस्य पदको उमेदवारीमा प्रेम कँडेलको नाम रहेको छ।

नारी निकुञ्ज संयोजकमा पारु सापकोटा, उपसंयोजकमा राशी सिंह ठकुरी, नारी निकुञ्ज सदस्यहरुमा कल्पना बस्याल, निरु सापकोटा, अनामिका श्रेष्ठ उम्मेदवार रहेका छन् । 

कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष विनितराज शर्मा, सामाजिक अगुवा दुर्गा आचार्य, सोमप्रसाद गुरुङ्, वर्तमान आइसीसी सदस्य नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोताने, गणेश पौडेल, रविन्द्र गौतम, देवेन्द्र वस्नेत, बिनोद लामा, ज्ञानेन्द्र उप्रेती, न्याभका अध्यक्ष राम गुरुङ्ग, हेम दुलाल, सुनिल मैनाली, दिनेश बञ्जारा लगायत दर्जनौ सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित सबै वक्ताहरुले सबै घोषित उम्मेदवारहरुलाई विजयको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै संयोजक हरि खड्काले जब संस्था सबैको साझा हुन्छ तब एकतामा बल हुने र सबल बन्ने बताउनु भयो । एनआरएनए समुदायका यावत समस्याहरुको समाधानमा एउटा सारथी बन्न सक्दछ भन्दै यसका लागि सबै समुदायलाई सँगै लैजान पहल गर्ने, दोहोरो नागरिकता र एनआरएनए अभियान र गतिविधिहरूको बारेमा जागरूकता ल्याउने लगाएत सामूहिक लगानी, एनआरएनए भिक्टोरीया र राज्य सरकार बीच मैत्रीपूर्ण र अर्थपूर्ण सम्बन्ध राख्ने र नेपाल फेस्टीभल र एनआरएनए फाउण्डेसन SKI को निरन्तरतामा आफु कटिबद्द भएर लाग्ने प्रतिबद्दता जाहेर गर्नु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal