eNepal

एनआरएनए अस्ट्रेलीया न्युज अपडेट: उम्मेदवार शुल्क देखी राष्ट्रिय चुनाव आयोगमा को को छन्

गैरआवासीय नेपाली संघ (एनआरएनए)को  प्रभावशाली मानिने एनसीसी (राष्ट्रिय समन्वय परिषद्) अस्ट्रेलीयाले निर्वाचन तालिका सार्वजनिक गरेको छ। एनआरएनए आइसीसीको विधानअनुसार जुलाई महिनाभित्र एनसीसीहरूले अनिवार्य निर्वाचन सम्पन्न गराइसक्नुपर्ने हुन्छ। निर्वाचन आयोगले जारी गरेको सुचना अनुसार चुनाव ३१ जुलाईमा अनलाइन माध्यमबाट हुने छ।

चुनाब नजिकीएसँगै एनआरएनए अष्ट्रेलिया राष्ट्रिय चुनाव आयोग २०२१ राष्ट्रिय चुनाव टोली २०२१ को नाम सूची प्रकाशित गरेको छ। मुख्य निर्वाचन आयुक्तमा सुरेन्द्र सिग्देल, साहायक निर्वाचन आयुक्तमा चोला कान्ता भुसाल र राष्ट्रिय चुनाव सचिवमा सुजीत सिग्देल रहनु भएको छ। 

त्यस्तै अस्ट्रेलीयन क्यापिटल टेरिटोरीको लागि निर्वाचन आयुक्तमा आशिष सापकोटा, भिक्टोरीया राज्यको लागि भोला गिरी, नर्दन टेरीटोरीका लागि नविन वाग्ले, वेस्टर्न अस्ट्रेलीयाका लागि केदार रिजाल, साउथ अस्ट्रेलीयाको लागि रमानन्द मिश्र, क्विन्सल्याण्ड राज्यको लागि रितेस श्रेष्ठ, न्यु साउथ वेल्सको लागि डिल्ली राम ढकाल चुनिएका छन्। तास्मानियाको हकमा भने घोषणा गर्न बाँकी रहेको जनाइएको छ। 

तास्मानिया राज्यबाट प्रस्तावित नामलाई बेवास्ता गर्दै बोर्डले आयुक्तमा अर्कै व्यक्तिको नाम पारित गरेको गुनासो समुदाएबाट आएको थियो। बोर्डले केवल औपचारिकताका लागि मात्र नाम प्रस्ताव गर्न मागेको, तर निर्णय भने एकतर्फी रुपमा लादिएको आरोप छ। बोर्डले प्रस्तावित नामलाई छोडेर अर्को नामलाई प्राथमिकता दिएपछि केही व्यक्तिबाट असन्तुष्टि आएको थियो। तर बोर्डले भने बहुमतको आधारमा नयाँ व्यक्ति नियुक्त गरिएको बताएको छ। विधान मिचेर अध्यक्षले ठाडो हस्तक्षेप गरेको असन्तुष्ट पक्षको आरोप छ। 

निर्वाचन आयोगको सदस्यहरुमा देवराज पौडेल, कृष्ण कुमार श्रेष्ठ, दिलीप पोखरेल, छवी प्रसाद सापकोटा, आईटी संयोजकमा  किरण अधिकारी, आइटी उपसंयोजकमा विजय प्रधान र आईटी सदस्यमा शंकर कोइराला रहेका छन्।

त्यस्तै एनआरएनए अष्ट्रेलिया राष्ट्रिय चुनाव आयोग २०२१ ले विभिन्न एनसीसी, एससीसी, नारी निकुण्ज, राज्य नारी निकुण्ज, एनवाइएफ र एसवाईएफ पदहरूको लागि आवेदन बुझाउँदा लागू हुने उम्मेदवारी शुल्क समेत प्रकाशित गरेको छ।

रास्ट्रिय समुह एनसिसीको लागि रास्ट्रिय अध्यक्षको उमेदवारी शुल्क $२००० राखिएको छ भने आईसीसी सदस्यको शुल्क $१००० तोकिएको छ।रास्ट्रिय उपाध्यक्ष यानिकी स्टेट कोअडीनेरको उमेदवारी शुल्क $१२००, रास्ट्रिय महासचिवको उमेदवारी शुल्क $१४००, रास्ट्रिय सचिवको उमेदवारी शुल्क $१०००, रास्ट्रिय कोषाध्यक्षको उमेदवारी शुल्क $१२००, रास्ट्रिय सह कोषाध्यक्षको उमेदवारी शुल्क $१०००, रास्ट्रिए युथ कोअडीनेटरको उमेदवारी शुल्क $१००० राखिएको छ। रास्ट्रिय नारी निकुण्ज संयोजकको उमेदवारी शुल्क $१०००, रास्ट्रिए प्रवक्ताको उमेदवारी शुल्क $१२०० र एनसीसी सदस्यको उमेदवारी शुल्क $७५० राखिएको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal