eNepal

नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा सम्पन्न, अध्यक्षमा खगेन्द्र सत्याल अत्याधिक मतले निर्वाचित

नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा आज एक बिशेष कार्यक्रमका बिच सम्पन्न भएको छ।निबर्तमान अध्यक्ष अभिनब आचार्यको अध्यक्षतामा भएको साधारण सभाले एक बर्षका लागि खगेन्द्र सत्याललाई अध्यक्ष पदमा विजयी गराएका छ।

अध्यक्ष पदका लागि खगेन्द्र सत्याल र अरुणा पौडेलको उमेदवारी परेको थियो। अध्यक्ष पदका लागि गरिएको मतदानबाट एक बर्षको लागि सत्याल अत्याधिक मत प्राप्त गर्दै विजयी भएका हुन्।निर्वाचन अधिकृत अर्जुन प्रसाइको रोहबरमा भएको अध्यक्षको प्रत्यासीहरुको निर्वाचन भएको थियो।सँस्थाका बाँकी पदाधिकारीहरु भने सर्वसम्मतिले चयन गरिएको थियो।

सँस्थाका अन्य निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा मेघना राउत, सचिवमा बसन्त घिमीरे, कोषाध्यक्षमा डोल्मा शेर्पा निवाचित भएका छन्। त्यस्तै सदस्यहरुमा गायत्री पाण्डे, अनिल दङ्गाल, अनुज अधिकारी, बिष्णु सापकोटा र पुर्णीमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित अध्यक्ष सत्यालले आफ्नै कार्यकालमा सँस्थाका सस्थापक अध्यक्षहरुलाई  सम्मान गर्ने,  होबार्टमा  संचालित पाठशालाको  आप्नै पाठ्यक्रम बिकास गरी स्तरीय बनाउने र नेपाली भाषा कला र संस्कृति प्रव्रर्धन गर्न स्थानीय सरकारसंग आर्थिक सहयोगका लागि पहल गर्ने योजना समेत सार्वजनिक गरेका छन् । साथै उनले स्थानीय नेपाली समुदायका संघसस्थाहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal