eNepal

विश्वको शक्तिशाली पासपोर्टको सूचीमा अष्ट्रेलिया नवौं नम्बरमा, कतिमा पर्यो नेपाल?

काठमाडौं, असार-२५ । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०९ औं स्थानमा परेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपाल पाचौं स्थान तल झर्दै १०९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०४ औं स्थानमा रहेको थियो । जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको उल्लेख छ।

यस्तै पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९३ वटा देशमा विना भिसा वा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् । विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर परेको छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९२ देशमा अन अराईभल भिसा पाउँदै आएका छन् ।

तेस्रो स्थानमा परेका जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १९१ स्कोरसहित विश्वका तेश्रो शक्तिशाली पासपोर्ट भएका छन् । चौथो नम्बरमा फिनल्याड, इटाली लग्जमबर्ग र स्पेन रहेका छन् । टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । डेनमार्क र अष्ट्रिया पाँचौ नम्बरमा रहेको छ ।

त्यस्तै स्वीडेन, फ्रान्स, पोर्चुगल र नेदरल्याण्ड छैठौं नम्बरमा छन् । अमेरिका, स्वीटजरल्याण्ड, बेलायत, , बेल्जियम र न्युजिल्याण्डको पासपोर्ट सातौं नम्बरमा रहेका छन् । आठौं नर्वे, ग्रिस, माल्टा, चेक रिपब्लिक रहेका छन् । नवौं नम्बरमा क्यानडा र अष्ट्रेलिया दशौं नम्बरमा हंगेरीका पासपोर्ट छन् । सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ९० औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ५८ देशहरुमा यात्रा गर्न सकिन्छ । छिमेकी चीन ७२ औं स्थानमा रहेको छ ।

त्यसैगरी चीनको राहदानीले विश्वका ७८ देशमा यात्रा गर्न सकिन्छ । विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ। कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, पाकिस्तान चौथो, यमन पाँचौं, सोमालिया , छैठौं, प्यालेस्टाइन सातौं, नेपाल आठौं, नम्बरमा परेका छन् । हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ ९सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal