गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रभावशाली मानिने एनसीसी (राष्ट्रिय समन्वय परिषद्) अस्ट्रेलीयाले निर्वाचन तालिका सार्वजनिक गरेको छ। एनआरएनए आइसीसीको विधानअनुसार जुलाई महिनाभित्र एनसीसीहरूले अनिवार्य निर्वाचन सम्पन्न गराइसक्नुपर्ने हुन्छ। निर्वाचन आयोगले जारी गरेको सुचना अनुसार चुनाव ३१ जुलाईमा नै सम्पन्न हुने जनाइएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार ८ जुलाई यानिकी हिजो सम्ममा सदस्यता सूचि सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो। पछिल्लो अपडेट अनुसार १४०६५ जना सदस्यको सदस्यता प्रमाणीकरण भइ सकेको छ भने बाँकी सदस्यहरुको आज सम्म प्रमाणीकरण हुने बताइएको छ। कागजात प्रमाणिकरण पूरा गरिसकेका र अनुमोदित सदस्यहरूको सूची तलको लिंकमा फेला पार्न सकिन्छ।
यदि कुनै सदस्यको बारेमा दावी विरोध गर्न परेमा ९ तारिखबाट १२ तारिख सम्म गरि सक्नु पर्ने र १२ तारिखका दिन सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ।
उम्मेद्वारीको लागि १३ तारिखबाट १४ तारिख ११:५९ सम्मको समय तोकिएको छ भने २० तारिख ११:५९ सम्ममा आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहेमा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।
२१ जुलाईमा उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ। ३१ तारिख विहान ७ बजेदेखि राति ७ बजेसम्म चुनाव हुनेछ।

