eNepal

रक्तदानमा सक्रिए मेल्बोर्नको नेपाली समाज, एनएनसीले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

अस्ट्रेलीयाको मेल्बर्न राज्यको सक्रिए नेपाली समुदाए नेप्लिज नेवरहुड समुदाएको सहकार्यमा गएको ३ र ४ जुलाईमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ।

रेडक्रस ब्लडबैक बन्डुरामा भएको दुई दिने रक्तदान कार्यक्रममा दुई दर्जनको सहभागीता रहेको थियो। 

रक्तदानमा सहभागीहरुले कोभिड कहरकाबीच रक्तदान गर्न पाएकोमा खुसी ब्यक्त गर्नका साथै आगामी दिनमा पनि रक्तदान जस्तो मानव जीवनसँग जोडिएको पवित्रकार्यलाई जारी राख्ने बताएका छन।

कोभिडका कारण रगतको अभाव देखिएपछि अस्ट्रेलियन रेडक्रसले रक्तदान गर्न आह्वान गरिरहेको बेला नेपाली समुदायमा सक्रिय विभिन्न संघसंस्थाहरुले रक्तदान जारी राखेका छन् । यसअघि पश्चिमी मेल्बर्नमा खेलकुद लगायत अन्य सामुदायिक कार्यक्रम गर्दै आएको रोयल वेस्टर्नस् क्लबले पटक पटक गरेर चार चोटी  रक्तदान कार्यक्रम आयोजना गरेको थियो। ती चार दिनहरूमा लगभग ५० जना रक्तदानमा सहभागी भएका थिए।

उक्त संस्था जस्तै  एप्पिङ वलर्ट नेप्लिज कम्युनिटीले पनि गएको मेमा रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरि सकेको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal