eNepal

एनआरएनए अष्ट्रेलिया निर्वाचन विवादमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिंदै छ। चुनाबको मिती नजिकीदै गर्दा सदस्यता प्रमाणीकरण रोकीएको अवस्था छ।यो समाचार तयार पार्दै गर्दा ७ हजार भन्दा बढीको सदस्यता प्रमाणीकरण गर्न अझै बाँकी छ।

अध्यक्षबाट सदस्यता प्रमाणीकरण र स्वीकृतिमा राज्य संयोजकहरू र महासचिवको अधिकार कटौती गरेपछि अहिले सदस्यता प्रमाणिकरण स्थगित गरिएको हो । बोर्डको एक सदस्यलेनै सम्भावित उम्मेदवारहरूले सदस्यता प्रमाणीकरण नगर्न conflict of interest जाहेर गरी सकेका छन् भने निर्वाचन समितिले निर्वाचन तालिका र आचार संहिता प्रकाशित गरी सकेको छैन।

अष्ट्रेलियाका सबै राज्यबाट प्रतिनिधित्व हुनेगरी निर्वाचन आयुक्तहरु तोकिन्छ। एनआरएनए अष्ट्रेलियाको विधान अनुसार, यसरी आयुक्तहरु छनोट गर्दा सम्बन्धित राज्यको राज्य संयोजकले नाम प्रस्ताव गर्नुपर्नेहुन्छ। र, बोर्डले प्रस्तावित नाम सम्बन्धित राज्य संयोजकसंगको सल्लाहमा पारित गर्छ। एनआरएनए अष्ट्रेलियामा अहिले यसै विषयलाई लिएर विवाद उत्पन्न भएको हो। 

विश्वस्त शुत्रका अनुसार, तास्मानिया राज्यबाट प्रस्तावित नामलाई बेवास्ता गर्दै बोर्डले आयुक्तमा अर्कै व्यक्तिको नाम पारित गरेको छ। बोर्डले केवल औपचारिकताका लागि मात्र नाम प्रस्ताव गर्न मागेको, तर निर्णय भने एकतर्फी रुपमा लादिएको आरोप छ। बोर्डले प्रस्तावित नामलाई छोडेर अर्को नामलाई प्राथमिकता दिएपछि केही व्यक्तिबाट असन्तुष्टि आएको थियो। तर बोर्डले भने बहुमतको आधारमा नयाँ व्यक्ति नियुक्त गरिएको बताएको छ। विधान मिचेर अध्यक्षले ठाडो हस्तक्षेप गरेको असन्तुष्ट पक्षको आरोप छ। 

यो विवादको सामाधान निकाल्नका लागि वार्ता पनि गरेको तर अध्यक्षले आफूले पारित गरेको नाम नहटाउने अडान राखेको असन्तुष्ट पक्ष जनाउँछ। अर्कोतर्फ, निर्णय सच्याएर, राज्य संयोजकले नै प्रस्ताव गरेको नाम पारित गर्नुपर्ने असन्तुष्ट पक्षको अडान रहेको छ। विवाद साम्य नभई चुलिंदै गएकोले चुनाव समेत अन्योलमा देखिन थालेको उनीहरु बताउँछन्।

यदि यसरी सम्बिधान मिचेरनै बनाइएको निर्बाचन आयुक्तद्वारा निर्बाचन गराइयो भने, भैसकेको निर्बाचन पनि सरासर रद्द हुन सक्छ।

हामीले यस बिषयमा अध्यक्षसँग प्रतीक्रिया बुझ्ने कोसीश गरेका थियौ तर उहाँबाट कुनै प्रतिक्रिया आएको छैन। कुनै प्रतिक्रिया आएमा समुदाएलाई जानकारी गराउने हाम्रो प्रयास जारी रहनेछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal