eNepal

एनटिएसए ब्याटमिन्टन च्याम्पियनशिप सम्पन्न, सिङ्गल तर्फ हरी गौतम र डोल्मा शेर्पा विजयी

अष्ट्रेलियाको तास्मानियामा बसोवास गर्ने नेपाली समुदायमा खेलकुदको विकाससँगै खेल मार्फत मानिसमा शारीरिक, सामाजिक, मानसिक सुधार गर्ने अभिप्रायका साथ खोलीएको नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसनको आयोजनामा एनटिएसए ब्याटमिन्टन च्याम्पियनशिप सम्पन्न भएको छ। द एच थोम्सन ब्याटमिन्टन सेन्टर, साउथ होबार्टमा सम्पन्न प्रतियोगितालाई बिएमडव्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानियाले मुख्य प्रायोजन गरेको थियो।

अत्यन्त रोमाण्चक प्रतिस्पर्धा बिच भएको प्रतियोगितामा बिगीनर्स डवल तर्फ दिल समाल र बुद्धी राज विजय भएका थिए भने वोपन डवल तर्फ हरि गौतम र मन्दिप पूनले बाजी मार्न सफल भए। त्यस्तै महिला एकल तर्फकी विजेता डोल्मा शेर्पा भइन् भने रनर अपको  उपाधी यमुना राईले हात पारीन्।

Women’s Single winner Dolma Sherpa

पुरुष एकल तर्फका विजेता हरि गौतम भए भने रनर अप सन्दिप न्यौपानेको पोल्टामा पर्यो।

Men’s Single Winner Harry Gautam

४२ जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ३४ जना पुरुष र ८ महिलाले सहभागीता जनाएका थिए। जुरी हेडमा संजीव खड्का र पूर्व राष्ट्रिय खेलाडी रेवन्त बस्नेत सहित आयोजक समितिका अध्यक्ष प्रशेष पौडेल, उपाध्यक्ष रविन भट्टराई, सचिव सूरज श्रेष्ठ रहेका थिए।

एनटीएसएका अध्यक्ष प्रशेष पौडेलले होबार्टको खेल क्षेत्रमा करियरको उत्थानको लागि सबै प्रतिभाशाली खेलाडीहरुको सीप बृद्धि गर्नु र युवा शक्तिहरुलाई उर्जा प्रदान गर्ने मुख्य उदेश्यका साथ यस प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियगितालाई सफल बनाउन सहयोग गर्नुहुने सबै सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो।

मुख्य प्रायोजक बिएमडव्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानियाका निर्देशक बिष्णु सापकोटाले समुदायलाई खेल मार्फत एकसाथ ल्याउने अभिप्राएका साथ आयोजना गरिएको प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको र यो अवसरको लागि एनटिएसएलाई धन्यवाद व्यक्त गर्नुभयो।

पुरस्कारमा वोपन डबल तर्फ $३००, पुरुष एकल र महिला एकल तर्फ $१५० डलर र  बिगीनर्स डबल तर्फ $१०० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal