अष्ट्रेलियामा अध्ययन गरिरहेका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि Tax return lodgement बारे बृस्तीत जानकारी दिने उद्देश्यका साथ एनआरएनए भिक्टोरीया बिधार्थी परामर्ष परिषदले एकदिने अनलाईन सत्र आयोजना गर्ने भएको छ।
आगामी १० जुलाइ शनिवार अपरान्ह ३ बजे देखी ४:३० सम्म हुने भर्चुअल कार्यक्रमको मुख्य वक्तामा भिक्टोरियाका अनुभवी चार्टर्ड एकाउन्टेन्ट एवम् रेजिष्टर्ड ट्याक्स एजेन्ट राजेश आचार्य हुनुहुन्छ।
अष्ट्रेलियामा वित्तीय वर्ष ३० जुनमा समाप्ती सँगै ट्याक्स रिटर्नको चटारो हुने गर्दछ।ट्याक्स सम्बन्धित यथार्थ कुरा थाहा नहुँदा धेरै बिधार्थीहरु अन्यौलमा पर्ने गरेको बिगतका बर्षहरुमा सुनिदै आएको छ। यस सत्रले विद्यार्थीहरुलाई २०२१ को ट्याक्स रिटन्स सम्बन्धित मनमा उब्जेका यावत कुराहरुबारे जानकार हुन मद्दत पुर्याउनेछ।
जुम प्रविधी मार्फत गरिने सत्रलाई दुई भाग समावेश गरिएको छ।पहिलो सत्रमा वक्ताबाट ट्याक्स सम्बन्धी प्रस्तुती रहनेछ भने दोश्रो सत्र प्रश्न उत्तरको रहने एनआरएनए भिक्टोरीया बिधार्थी परामर्ष परिषदका कोअडीनेटर सिद श्रेष्ठले जानकारी गराउनु भयो।
रजिस्ट्रेसनको लागि यो लिङ्कमा क्लिक गर्नु होला

