eNepal

मेल्बर्नको द हिमालय टाइगर्सका खेलाडीलाई आर्थिक सहयोग हस्तान्तरण

अस्ट्रेलियाको मेल्बोर्नमा अवस्थित द हिमालय टाइगर्सले फुटबल खेलाडीलाई नविन घिमीरेलाई आर्थीक सहयोग प्रदान गरेको छ।रोयल वेस्टर्न क्लव र द हिमालय टाइगर्स बिच भएको मैत्रीपूर्ण खेलको दौरान घिमीरेको हातमा चोट लागेको थियो।

बिधार्थी भिषामा रहेका नविन केहि हप्ता आराम गर्नु पर्ने भएकोले उक्त अबधि भर नियमित काम गर्न नसक्ने हुँदा थोरै भए पनि उनको आर्थिक भार कम गर्न सकियोस भन्ने उदेस्यका साथ उनलाई आर्थीक सहयोग गरिएको क्लवका निर्देशक सन्तोष पाण्डेले बताउनु भयो।

क्लबका पदाधिकारि लगायत सदस्यहरुबाट उठेको दुईहजार पचास डलर, नेप्लिज नेवरउड कम्युनिटी लैलोरबाट चार सय डलर अनि एनआरएनए अस्ट्रेलीयाबाट एक हजार डलर गरेर जम्मा रकम तीन हजार चारसय पचास डलर घिमीरेलाई हस्तान्तरण गरिएको छ।

सहयोगको लागि एनआरएनए अस्ट्रेलीयाका प्रेसीडेन्ट केशव कन्डेल, एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कन्डेल, प्रकासकाजी थापा लगाएत नेप्लिज नेवरउड कम्युनिटी लैलोर र क्लवका सम्पुर्ण सदस्यहरुलाई बिषेश धन्यबाद दिदै पाण्डेले क्लबका तर्फबाट सदा आफ्ना खेलाडीहरुलाई आइपर्ने समस्याहरुलाई निराकरण गर्न सधै तत्पर रहेको बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal