अस्ट्रेलियाको मेल्बोर्नमा अबस्थित रोयल वेस्टर्न क्लब अन्तर्गत किड्स सकर तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। १६ राल्फ स्ट्रिट, सनसाइन वेस्टमा अबस्थित वेस्टर्न सबअर्ब सकर क्लबको हलमा रोयल वेस्टर्न क्लबको आयोजनामा सम्पन्न उद्घाटन समारोहमा क्लबका सल्लाहकार, कार्य समितिका सम्पूर्ण सदस्यहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, क्लबका नियमित स्पन्सरहरु, मिडिया प्रतिनिधि, अभिभाबकहरु, स्वयंसेवक लगायत किड्स सकर तालिममा सहभागी हुने १५ जना खेलाडी भाइबहिनिहरुको उपस्थिति रहेको थियो।

क्लबका बर्तमान सचिब सुशील चालिसेले संचालन गर्नुभएको कार्यक्रममा उहाँले क्लबका हालसम्मको उपलब्धिका बारेमा प्रकाश पार्दै स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो। क्लबले अहिले सम्म संचालन गरेका बिभिन्न गतिविधिहरु मध्ये रक्तदान कार्यक्रम, एनआरएनए भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, गुल्मी समाज भिक्टोरिया लगायत मेलबोर्न नेपलिज कम्युनिटी वेस्ट संग्ग सहकार्य गर्दै कोभीडको कारणले समस्यामा परेका बिधार्थीहरुलाई आर्थिक सहयोग, मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्ट संगको सहकार्यमा रेकी इन्फर्मेसन सेसन, नेपालमा कोभिडका कारणले समस्यामा परेकाहरुको मद्दतका लागि लायन्स क्लब अफ काठमाडौँ दर्सनसंग सहकार्य गर्दै आर्थिक सहयोग गरेको बारेमा प्रकाश पार्नु भएको थियो। क्लबले महिलाहरुको लागि साप्ताहिक रुपमा फिजिकल फिटनेस तालिम संचालन गर्नुका साथै बिभिन्न टास्क फोर्स निर्माण गरेको समेत जानकारी दिनु भएको थियो।

क्लबका कोषाध्यक्ष तथा किड्स सकर तालिमका प्रशिक्षक शसेंद्र गौतमले तालिम संचालन गर्दा अपनाइने बिधिका बारेमा प्रकास पार्नु भएको थियो। उहाले तालिममा नियमित रुपमा आ-आफ्ना केटाकेटिहरुलाई उपस्थित गराई हौसला प्रदान गर्नुहुनका लागि सम्पूर्ण अभिभाबक बर्गलाइ आवान गर्नु भएको थियो। सबैको सहयोगबाट आफुले तालिम नियमित रुपमा संचालन गर्न सके निकट भबिस्यमै एउटा सक्षम किड्स क्लब निर्माण गर्न सक्ने बिश्वास दिलाउनुभएको र कार्यक्रममा ब्यापक उपस्थिति देखिएकोले झनै हौसिएको बताउनु भएको थियो।

कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण खेलाडी भाइबहिनीहरुलाई क्लबको तर्फबाट तालिमको लागि आबस्यक सामाग्रीहरु स्वयं स्पन्सरहरुको हातबाट वितरण गरिएको थियो। त्यसैगरी किड्स सकर तालिमका सम्पूर्ण स्पन्सरहरुलाई क्लबका अध्यक्ष बम योञ्जनले मायाको चिनो स्वरुप क्लबको जर्सी प्रदान गर्नुभएको थियो। कार्यक्रममा स्वयंसेवकहरुको पनि मनोबल बढोस भन्ने उदेस्यले क्लबले संचालन गर्दै आएको Volunteer of the month कार्यक्रम अन्तर्गत क्लबका स्वयंसेवकहरु निरज पाख्रिन र सागर पौडेललाई 3RJ Bazaar र Hungry Eye Asian Fusion & Bar को तर्फबाट प्राप्त Discount Coupon प्रदान गरिएको थियो भने Player of the week बन्न सफल साजन बस्नेतलाई मायाँको चिनो प्रदान गरिएको थियो।

काठमान्डू प्रोपर्टीका सेल्स डाइरेक्टर हरि खड्काले शुभकामना मन्तब्य दिनुहुदै क्लबको प्राप्त सफलता र गतिविधिहरुको जानकारीले आफु निकै खुशी भएको र आगामी दिनहरुमा क्लबले अझै प्रगति गर्दै जाओस भन्दै किड्स सकर तालिमको लागि स्पन्सरको रुपमा जोडिने मौका पाएकोमा काठमान्डू प्रोपर्टी तथा आफ्नो व्यक्तिगत तर्फबाट क्लबलाई धन्यबाद दिनुभएको थियो। उहाले क्लबका अन्य गतिविधिहरुमा पनि साथ् र सहयोग गर्ने प्रतिबदता व्यक्त गर्नुभएको थियो।
क्लबका अध्यक्ष बम योञ्जनले यस तालिमलाई निरन्तर रुपमा संचालन गरेर भबिस्यमा एउटा सबल र सक्षम टिम बनाउने योजना रहेको र यस टिमले अस्ट्रेलियामा आयोजना हुने सबै खालका टुर्नामेन्टहरुमा सहभागिता जनाउदै नेपाली क्लबहरुबाट पनि एकसे एक खेलाडीहरु बन्न, बनाउन सकिन्छ भन्ने उदाहरण दिन क्लब तत्पर रहेको कुरा बताउनु भएको थियो।

क्लबको यस कार्यक्रममा उपस्थित भइ शोभा बढाइदिनु भएकोमा उपस्थित सम्पूर्ण महानुभाबहरुमा धन्यबाद ज्ञापन गर्दै क्लब सधै नेपाली कम्युनिटीका लागि जे जस्तो सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। क्लबलाई निरन्तर रुपमा स्पन्सर गर्नुहुने र यस किड्स सकर तालिम मार्फत जुट्नु भएका सम्पूर्ण स्पन्सरहरुमा बिशेष आभार प्रकट गर्नु भएको थियो। क्लबलाई निरन्तर रुपमा एक्स्पर्ट एडुकेसन एण्ड भिसा सर्भिसेस, सेन्ट्रल अस्ट्रेलियन कलेज, फ्युजन इन्जिनियरिङ्ग, हंग्री आइज, ३ आर्जे बजार, डेस्टिनि लिभिङ्ग, प्लाटेनियम डेभलपर्स, काठमान्डू प्रोपर्टीज लगायत रथरफ़र्ड फुड्सले स्पन्सर गर्दै आएका छन्।

