eNepal

ग्रेस इन्टर्नेस्नल भर्चुअल स्पिच प्रतियोगिताको शुरुवात, २० जुलाई सम्ममा भिडीयो पठाइ सक्नु पर्ने

विश्व जगतनै कोभिड १९ को महामारीको चपेटामा परेको यो विषम परिस्थितिमा इनेपालले युवा बर्गलाई लक्ष्क्षित गर्दै के बिदेशमा उच्च शिक्षा अध्ययन गर्न जान ठिक हो या होईन भन्ने शिर्षकमा भर्चुअल स्पिच प्रतियोगिता शुरुवात गरेको छ। 

नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना कुनामा छरिएर रहेका बिधार्थी भाईबहिनीहरुले सहभागीता जनाउन सकिने यस प्रतियोगिताबाट बिदेश पढ्न आउन चाहने नयाँ बिधार्थी भाईबहिनीहरुको बिचार र बिदेशमा अध्ययन गरीरहेका बिधार्थीहरुको बिचार एकअर्कामा साटासाट गर्ने अवसर मिल्ने छ।

यो प्रतियोगिताले बिदेश अध्ययन गर्न जाने उत्साहित युवा बर्गका लागि एक मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ भने दुविधामा परेकाहरूलाई विदेशमा अध्ययन गर्न उचित अन्तरदृष्टि प्रदान गर्नेछ।

यस प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समुहका नेपाली नागरिकहरुले सहभागिता जनाउन सक्नेछन् भने भाषा नेपाली या अङ्ग्रेजी दुवै माध्यम मान्य हुनेछ।

नगद पुरस्कार ३५००० रुपैयाँ सहित प्रमाणपत्र राखिएको यस प्रतियोगीता इनेपालले आयोजना गरेको हो भने मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्टको सहकार्य रहेको छ।

निर्णयक प्यानलमा अन्तररास्ट्रिय नेपाली कलाकार समाज इनासका ओसेनिया कोअर्डिनेटर, विश्वसन्देश न्युजका अष्ट्रेलिया न्युज चिफ, मुक्तककार एवम् वृतचित्र/भिडियो निर्देशकका साथसाथै पव्लिक स्पिकिङ्ग ट्रेनर सुशील चालिसे, काठमाडौं विश्वविद्यालयका भिजिटिङ्ग फ्याकिल्टी, डनबोस्को कलेज काठमाडौका एक्जिक्युटिभ मास्टर्स इन बिजिनेस एडमिनिस्ट्रेसन फ्याकिल्टी (EMBA) साथै मोडर्न उच्च माध्यमिक बिध्यालयका कोअर्डिनेटर शशी कायस्थ कसपाल हुनुहुन्छ । कसपाल Service Quality Centre (SQC)  को ट्रेनरका साथै टोस्टमास्टर्स नेपाल, डिभिजन एमा सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै अर्का निर्णायकमा मैया त्वायना बासु बीबीसी न्यूज नेपालीको पत्रकारका साथै मासिक रुपमा प्रकाशित हुने नुवागी मिडीयाको सम्पादक हुनुहुन्छ। उहाँ Girls Guide/Girls Scout को विश्व एसोसिएसन एशिया प्रशान्त क्षेत्रीय समितिको सदस्य समेत रहनु भएको छ भने लामो समय देखि शिक्षण पेशामा कार्यरत हुनुहुन्छ र एक सफल कार्यक्रम संचालकको रूपमा चिरपरिचित हुनुहुन्छ ।

यस प्रतियोगितालाई ग्रेस ईन्टरनेश्नल एजुकेसन एण्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको छ भने हङ्ग्री आइज एसियन फ्युजन एण्ड बार र एपीबी पार्टनर्स एकाण्टेन्ट एण्ड बिजीनेस एडभाइजर सहप्रायोजक रहेका छन्।

रजिस्ट्रेसन र भिडियो पठाउने अन्तिम मिती आगामी २० जुलाई सम्म निर्धारण गरिएको छ।रजिस्ट्रेसनको लागि यो लिङ्कमा गएर आफ्नो बिवरण भर्न सक्नु हुनेछ। 

https://forms.gle/6nyC6u9wuNqVTfkm7

तपाईंको भिडियो सामग्री [email protected] मा पठाउन सक्नु हुनेछ।

थप जानकारीको लागि यो पेजमा क्लिक गर्नु होला।

https://www.facebook.com/104923897931957/posts/319113563179655/?d=n

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal