eNepal

फेडरसन् अफ नेप्लिज एसोसिएसन अस्ट्रेलीयाको वार्षिक साधारण सभा भर्चुअल प्रविधीबाट सम्पन्न

फेडरसन् अफ नेप्लिज एसोसिएसन अस्ट्रेलीया (एफएनसीएए) को दोस्रो वार्षिक साधारण सभा ७० भन्दा बढी प्रतिनिधिहरूको उपस्थितिमा गएको आइतबार २७ जुनमा जूम प्रबिधी मार्फत सम्पन्न भएको छ।सभामा संगठनका सदस्यहरु, समुदायका अगुवाहरु, आमन्त्रित पाहुनाहरू र मिडिया कर्मीहरूको उपस्थिती रहेको थियो।

सङ्गठनका निवर्तमान अध्यक्ष डा.राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम महेशराज दाहालले मुख्य अतिथिका रूपमा भाग लिएका थिए भने भिक्टोरिया राज्यका लागि अवैतनिक महा बाणिज्यदुत चन्द्र योन्जन र दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महा बाणिज्यदुत दीपक धमाला विशेष अतिथिको रुपमा सहभागी रहनु भएको थियो।

वार्षीक साधारण सभाका सहभागीहरूलाई स्वागत गर्दै निबर्तमान अध्यक्ष डा. अधिकारीले कुनै पनि सामुदायिक मुद्दाहरू र अवसरका लागि अष्ट्रेलिया सरकारको एकल सम्पर्कको रूपमा एफएनसीएएको महत्त्व माथि प्रकाश पार्नु भयो।

महामहिम राजदुत महेशराज दाहालले अष्ट्रेलिया सरकारलाई प्रभाव पार्न र नेपालसँगको द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्न एफएनसीएएले खेल्ने भुमीकाबारे आफ्नो अनुभव साझा गर्नु भयो। विगतका केही वर्षहरुमा एफएनसीएएले गरेको प्रगति देखेर आफु धेरै खुसी भएको र निवर्तमान कार्यकारी समितिको कडा परिश्रमका लागि धन्यवाद दिदै नवगठीत कमिटीलाई शुभकामना व्यक्त गर्नु भएको थियो।

 भिक्टोरिया राज्यका लागि अवैतनिक महा बाणिज्यदुत चन्द्र योन्जनले एफएनसीएएको अवधारणा कसरी विकसित भयो भन्ने  बिषयमा प्रकाश पार्नु भएको थियो भने दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महा बाणिज्यदुत दीपक धमालाले आगामी कार्यकारी समितिको लागि शुभकामना व्यक्त गर्नु भयो।

कार्यक्रमलाई एफएनसीएएका टास्कफोर्स संयोजकहरू, राज्य संयोजकहरू र समुदायका अगुवाहरुले समेत सम्बोधन गरेका थिए। फेन्काकी निवर्तमान उपाध्यक्ष  इन्द्रा बनले सङ्गठनले छोटो समयमा गरेको उपलव्धीको मुक्तकण्ठले प्रशंसा गर्दै खुशी व्यक्त गर्नु भएको थियो।एनएसडब्ल्यूका एफएनसीएए राज्य संयोजक विष्णु हमालले एनएसडब्लु र अन्य राज्यमा सदस्यता अभियानको अनुभव र सामुदायिक संगठनहरूसम्म पुग्ने महत्त्व र  एफएनसीएएका उद्देश्यहरूबारे जानकारी गराउनु भयो।

भिक्टोरियाका एफएनसीएए राज्य संयोजक भोला गिरीले गएको कार्यकाल सफलता पुर्वक सम्पन्न गर्ने सम्पूर्ण सदस्यहरुलाई बिशेष धन्यबाद दिदै स्पष्टता र सहकार्यको आवश्यकतामाथि जोड दिनु भयो। वेस्टर्न अस्ट्रेलीयाका लागि एफएनसीएए राज्य संयोजक आंग दावा शेर्पाले सामुदायमा अझ नजिक पुग्न र उद्देश्यहरू स्पष्ट पार्नु पर्ने आवश्यकता व्यक्त गर्नुभयो। एफएनसीएए संघीय समितिका संयोजक उमेश पन्तले संविधान समिति र समन्वयको अनुभवको बारेमा छलफल गर्नु भएको थियो।

निबर्तमान अध्यक्ष डा. राजु अधिकारीले सरकारी एजेन्सीहरूसँग अर्थपूर्ण वार्तालाप र नीतिगत निर्णयहरूमा पार्ने प्रभावको बारेमा अनुसन्धान र तथ्यहरूको महत्त्व औल्याउनु भएको थियो भने एफएनसीएएकी सल्लाहकार जानकी पौडेलले एफएनसीएएले   यो तहसम्म पुगेकोमा खुशी व्यक्त गर्दै भविष्यमा समावेशीकरण, घरेलु हिंसा र मानसिक स्वास्थ्य जस्ता महत्वपुर्ण क्षेत्रहरूलाई बढी प्राथमिकतामा राख्न सुझाव दिनुभएको थियो।

अष्ट्रेलियाली नेपाली पत्रकार संघका अध्यक्ष ऋषि आचार्यले मिडियाको भूमिकाका बारे छलफल गर्दै एफएनसीएएका गतिविधिहरुलाई बढावा दिन पत्रकार संघ सदैब तदारुक्ताका साथ लाग्ने र समुदायका कुनै पनि समस्याहरू समाधान गर्न हरदम वकालत गर्न इच्छुक रहेको बताउनु भयो। 

एसबीएस नेपाली रेडियोका कार्यकारी निर्माता राजिश अर्यालले एसबीएस नेपाली रेडियोले मुख्य समुदायको मिडियामा नेपाली समुदाय गतिविधिहरुलाई बढावा दिन खेलेको भूमिकाबारे बताउनु भयो।

नयाँ कार्यसमितीको अध्यक्षमा क्यानबेराका डा. कृष्ण हमाल, उपाध्यक्षमा भिक्टोरीयाबाट बम योन्जन, महासचिवमा न्युसाउथवेल्सबाट डा. मधु पुडासैनी, सहायक महासचिवमा वेस्टर्न अस्ट्रेलीयाबाट आङदावा जङ्बु शेर्पा, कोषाध्यक्षमा क्विन्सलेण्डबाट राजन कोइराला सर्वसम्मत चुनिएका थिए। राज्य संयोजकमा क्यानबेराबाट सुरज पौडेल, न्यसाउथवेल्सबाट बिष्णु हमाल, भिक्टोरीयाबाट भोला गिरी, साउथ अस्ट्रेलीयाबाट कपील पाण्डे, वेस्टर्न अस्ट्रेलीयाबाट हरी प्रसाद अधिकारी, क्विन्सलेण्डबाट सुमन जोशी, नर्दन टेरीटोरीबाट राजन पौडेल, टास्मानियाबाट मेघना राउत चुनिएका छन्। नयाँ कार्यकारी समितिले प्रवक्ता र सहायता प्रवक्ताको स्थान खाली राखेको छ। यी दुई पदको बारे पछि निर्णय लिने जनाएको छ।

एफएनसीएएको कार्यकारी समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो।निर्वाचन आयोगको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त जोग लिम्बू र कमिशनरमा कमलायन श्रेष्ठ, राजेन्द्र राजभण्डारी र आशीष सापकोटा रहनु भएको थियो।

नेपाली अष्ट्रेलियाली एसोसिएसनका डा. मधुसूदन पुडासैनी, ओशिनिया नेपाली स्पोर्टस मीट र नेपाली रिक्रिएशनल क्लबका जविन श्रेष्ठ , नेप्लिज एसोसिएसन अफ भिक्टोरीयाका अध्यक्ष राम गुरुङ, एपींग वलर्ट नेपाली समुदायका रोशन उपाध्याय, अजीमेड फाउन्डेशनका डा कुश श्रेष्ठ, दिदीबैनी समाज भिक्टोरियाकी अध्यक्ष डा. जमुना पराजुली, अष्ट्रेलिया नेपाल पव्लिक लिङ्कका अध्यक्ष निराजन गौली, नेपाली नर्स एसोसिएसन अस्ट्रेलियाबाट दिलीप गिरी , नेप्लिज एसोसियसन अफ क्विन्सल्याण्डका डा. देवराज पौडेल

 अस्ट्रेलियाका नेपाली मेडिकल एण्ड डेंटल एसोसिएसन अस्ट्रेलियाबाट पुनम पन्त, नेपाली पेन्सुर्स्ट कम्युनिटीका लक्ष्मण श्रेष्ठ, नेपाली सोसाइटी अफ तस्मानियाबाट मेघना राउत, रुपन्देही सोशल नेटवर्क अष्ट्रेलियाका मुक्तिराम पोखरेल र अष्ट्रेलिया-नेपाल मैत्री समाजका डा दुर्गा दत्त कँडेलले सङ्गठनका गतिविधीहरु प्रस्तुत गर्नुका साथै लैङगिक समावेशी, विद्यार्थी मुद्दाहरू, कार्यक्रम समन्वय गर्ने, मानसिक स्वास्थ्य र घरेलु हिंसा सम्बन्धी विषयहरूमा ध्यान केन्द्रित गर्ने सुझाव पनि दिएको थियो।

कार्यक्रमको संचालन निवर्तमान महासचिव तथा नवनिर्वाचित अध्यक्ष डा.कृष्ण हमालले गर्नु भएको थियो भने  निवर्तमान प्रवक्ता एवम् नवनिर्वाचित उपाध्यक्ष बोम योन्जनले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। सिडनीमा आयोजना गर्ने भनिएको बार्षिक रास्ट्रिय सम्मेलन कोभीड १९ प्रकोपका कारण रद्द गरिएको र परिस्थिति अनुकूल भएपछि अधिवेशन आयोजना गर्ने प्रेस बिज्ञप्तीमा जनाएको छ।

सन् २०१८ मा स्थापना भएको एफएनसीएए गैर नाफामुखी, गैर विभेदक र गैर धार्मिक संगठनको रूपमा स्थापित भएको सँस्था हो जसले अष्ट्रेलियामा रहेका नेपाली समुदायहरूको मुद्दाहरु, एजेन्डाहरु र गुनासोलाई अष्ट्रेलियामा सरकारको तीन तहहरु संघीय सरकार, राज्य सरकार र स्थानीय सरकारसँग वकालतका साथै र पैरवी गर्न मद्दत गर्दछ।हाल ७५ भन्दा बढी कानुनी रूपमा दर्ता भएका नेपाली समुदाय संस्थाहरु फेन्काका सदस्यता रहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal