eNepal

एनआरएनए अष्ट्रेलियाले रच्यो अर्को इतिहास, एनसिसी सदस्य संख्या अहिले सम्मकै उच्च

एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउँदै सदस्य संख्याको आधारमा अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको हो ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलका अनुसार सदस्यता बनेका मध्ये १४ हजार ३२८ जनाको रर्जीष्टेशन दर्ता भइसकेको छ भने २१६ जनाको भेरिफाई हुन बाँकि छ । साथै आजीवन सदस्यताको संख्या १ हजार ५५० छ । 

पछिल्लो जानकारी अनुसार न्युसाउथवेल्सबाट ६१५०, भिक्टोरीयाबाट २१२९,, साउथ अस्ट्रेलीयाबाट १८८९, क्विन्सल्याण्डबाट १३९४, तास्मानीयाबाट १३९१, क्याम्बेराबाट १३५७, नर्दन टेरीटोरीबाट ११०९, वेस्टर्न अस्ट्रेलीयाबाट ७५८ गरेर जम्मा १६,१७८ सदस्य संख्या रहेको छ। बाँकी रहेका २१६ सदस्यको प्रमाणीकरणको प्रक्रिया सोमबारदेखि शूरु गरिने अध्यक्ष कँडेलले जानकारी गराउनु भयो।

एनआरएनए अष्ट्रेलियामा अघिल्लो निर्वाचनमा ११ हजार ६ सय जना पञ्जीकृत सदस्य थिए । यो पटक अघिल्लो वर्षको भन्दा ४ हजार ५७८ जना सदस्य संख्यामा बृद्धि भएको हो । एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई ३१ तारिखमा हुँदैछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal