eNepal

मेल्बर्नको एभरेस्ट ड्राइभिङ सेन्टरद्वारा सुनसरीको निसहाय बालबालिका सेवा आश्रमलाई सहयोग

अष्ट्रेलियाको भिक्टोरियामा रहेको एभरेस्ट ड्राइभिङ सेन्टरले सामाजिक कार्यलाइ निरन्तरता दिदै पुर्बि नेपालको सुनसरी  जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको निसहाय बालबालिका सेवा आश्रमलाइ खाध्यान लगायतको  सहयोग उपलब्ध गराएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली व्यवसायी राजन खड्काद्वारा सञ्चालित एभरेस्ट ड्राइभिङ सेन्टरले आफूसँग सम्बद्ध प्रशिक्षकहरुबाट समेत रकम संकलन गरी आश्रममा आश्रित बालबालिकाहरुका लागि खाध्यन्न सामग्री लगायत सहयोग गर्नुभएको हो। सामाजिक कार्यलाइ निरन्तर जारि राखेको एभरेस्ट ड्राइभिङ सेन्टरले केही समय अगाडि अस्ट्रेलियाको मेल्बर्नमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो। 

 

कोरोना भाइरसको महामारीका कारण व्यावसायिक गतिविधि प्राय ठप्प भएको अवस्थामा आश्रमलाई दाताहरुबाट सहयोग न्यून मात्रामा आएको र बालबालिकाका लागि खाद्यान्नको अभाव हुन थालेको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनेपछि सो अभावलाई परिपूर्ति गर्दै बालबालिकाको संरक्षण गर्न यस पटक निसहाय बाल आश्रमलाई आफूहरुले सहयोग हस्तान्तरण गरेको एभरेस्ट ड्राइभिङ सेन्टरका सञ्चालक राजन खड्काले बताए ।

निःसहाय बालबालिका सेवा आश्रमः

निःसहाय बालबालिकाहरुलाई संरक्षण र सेवा गर्ने उद्देश्यले वि.सं. २०३९ सालमा एक अविवाहित तथा अभिभावकविहीन महिला गीता गौतमद्वारा इटहरी उप महानगरपालिकाको वडा नं.४ मा स्थापित भएको यस निःसहाय बालबालिका सेवा आश्रमले निःसहाय बालबालिकाहरुलाई जीवनदान दिएर भविष्य निमार्णमा सहयोग गरेको छ । जसका कारण करिब ३०० बालबालिकाहरुले संरक्षण पाउनुका साथै हजारौं गरीब तथा असहाय बालबालिकाहरुले अवसर पाएका छन् । २०६३ सालसम्म सञ्चालक गौतमले आश्रम सञ्चालनका लागि अपुग खर्चहरु आफ्ना पुख्र्यौली सम्पति बेचेर २८ वर्षको उमेरदेखि आश्रम सञ्चालन गर्दै आएकी हुन् । हालसम्म गौतम यस आश्रममा आफै बसी आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएकी छन् ।

प्रदेश १ को केन्द्रविन्दु मानिने इटहरी शहरको मुख्य चौकबाट उत्तरपूर्वको संगीत चौक हुँदै उत्तरतर्फ करीब पाँच सय मिटरको दूरीमा रहेको यो आश्रममा हाल ३८ जना बालबालिकाहरु संरक्षित छन् ।

आश्रमको यस प्रयासलाई मलजल गर्ने काम विभिन्न संघ संस्था तथा परोपकारी हृदय भएका व्यक्तिहरुले गरेका छन् । हालसम्म इटहरीमा अवस्थित यस आश्रमले कुनै पनि विदेशी संस्थाबाट सहयोग पाएको छैन । वि.स. २०५६ सालमा समाज कल्याण परिसदबाट उत्कृस्ट सामाजिक कार्य गरे बापत पुरस्कृत भएको आश्रमले सरकारबाट पनि हाल सम्म कुनै सहयोग पाएको छैन।

कोरोनाले बिस्वनै आक्रान्त भएको यस्तो बिसम परिस्थितिमा समेत आफ्नो मुलुक र आफन्तहरु बाट धेरै परको मुलुकमा बसेर पनि नेपाल र नेपालि को दुख पिडा र समस्या हरु लाइ कम गर्न बिसाल हृदयका साथ सहयोग उपलब्ध गराउनुहुने एभरेस्ट ड्राइभिङ सेन्टर , सन्चालक राजन खडका लगायत सहयोगीहरु, राहत बितरणका लागि समन्वय एवम्  सहजिकरण गर्ने सँस्थाकी सदस्य शुशिला उप्रेति लगायत सबैलाई आश्रमकी सन्चालक गिता गौतमले धन्यबाद दिनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal