एनआरएनए अस्ट्रेलियाको चुनाबले अस्ट्रेलीयाको नेपाली डायस्पोरा पुरै तातीएको छ। कुन राज्यबाट को कसले सहभागी गर्दैछन्, को को नयाँ अनुहारहरु आउँछन् या पुरानै अनुहारहरु दोहोरीने हुन् भनेर समुदाएमा चर्चा परिचर्चा हुन थालेको छ। एनआरएन अस्ट्रेलियाको निर्वाचन आउँदो जुलाइ ३१ तारिखका लागि तोकिएको छ।एनआरएनएको चुनावलाई अस्ट्रेलीयामा बस्ने आम नेपालीहरुले बढो चासोका साथ हेर्ने गरेका छन्।
चुनाव नजिकीदै गर्दा सिड्नी पछीको नेपालीहरुको बढी घनत्व भएको राज्य भिक्टोरीयामा को कसले उमेदवार दिए। को को कुन पदका लागि उठ्दै छन् भनेर खासखास खुसखुस शुरु भएको छ। इनेपाललाई प्राप्त बिशेष जानकारी अनुसार भिक्टोरीया राज्यका लागि एनआरएनए राज्य परिषदको लागि राज्य संयोजकमा हरि खड्काले उम्मेदवारी घोषणा गर्नु भएको छ भने उपसँयोजकमा नारायण कटुवालले उमेदवारी दिनु भएको छ। त्यस्तै सचीव पदका लागि गणेश कँडेल र कोषाध्यक्षमा हेमराज पौडेलको उमेदवारी परेको छ।
राज्य संयोजकको उम्मेदवारी दिनु भएका हरि खड्कालाई संयोजकको रुपमा तपाईको उमेदवारी किन भनेर प्रश्न गर्दा उहाँले हामीलाई यी कुराहरुमा बिशेष काम गर्ने जानकारी गराउनु भयो।
१: सबै समुदायलाई सँगै लैजान पहल
२: दोहोरो नागरिकता र एनआरएनए अभियान र गतिविधिहरूको बारेमा जागरूकता
३: सामूहिक लगानी
४: एनआरएनए भिक्टोरीया र राज्य सरकार बीच मैत्रीपूर्ण र अर्थपूर्ण सम्बन्ध
५: नेपाल फेस्टीभल र एनआरएनए फाउण्डेसन SKI को निरन्तरता
साथै उहाँले छिट्टैनै प्रेस मिट मार्फत बृस्तित जानकारी गराउने बताउनु भयो।
एनआरएन अस्ट्रेलियाले तोकीएको समयमा उलेख्यमात्रामा सदस्यहरु नबनेपछि कार्यसमितीको बैठक बसेर सदस्यताको म्याद १६ दिन बढाएर जुन २७ तारिखसम्मका लागि लम्बाइएको थियो।
एनआरएनए अस्ट्रेलीयाको सदस्य बन्न अब मात्र तीन दिन बाँकी रहँदा आजिवन सदस्यको सँख्या १००० भन्दा माथी रहेको छ भने नयाँ दर्ता सदस्यको सँख्या ५१७० र स्विकृत सदस्य सँख्या २६८६ रहेको छ।त्यस्तै प्रमाणित नभएका सदस्यको सङ्ख्या १४८ रहेको छ।

