बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा शुरू भएको छ ।बुधबार विहान लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहबाट पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका छन् ।
नामकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेको बीबीसीले जनाएको छ। दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो।
भीसी पुनले दोस्रो विश्व युद्धका क्रममा बर्मामा आफ्नो ज्यानको बाजी थापेर दर्जनौ) ब्रिटीस कमाण्डरलाई बचाएका थिए। त्यसको सम्मानमा उनलाई भिक्टोरिया क्रस उपाधि दिइएको थियो। भीसी पुनको ८८ वर्षको उमेरमा २०११ मा निधन भएको थियो। पुन भीसी पाउने १३ जना गोर्खा मध्ये एक थिए।

भिसी पुनले भिक्टोरिया क्रस पाएको ७५ वर्ष पुगेको दिनमै यसरि नेपालीको नाममा रेलको नामाकरण गर्न लागिएको हव। यो रेलले बेलायतको पश्चिमी क्षेत्रमा एक शहरलाई अर्को शहरसित जोड्ने छ।
भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् । भिसी तुलबहादुर पुनको गत सन २०११ मा निधन भैसकेको छ।
photo credit: London Nepal News

