eNepal

स्याम नेपाली कल्याण कोष मार्फत सिन्धूपाल्चोक बाढी पीडितलाई राहत सामाग्री बितरण

स्याम नेपाली कल्याण कोष तथा बच्छलादेवी सोसल फ़ाउन्डेशनको संयुक्त आयोजनामा सिन्धूपाल्चोकको बाढी पीडितकक सहयोगार्थ उठेको रकमको राहत सामग्री गत आइतबार सिन्धूपाल्चोक पुर्याइएको छ ।

राहत सामग्रीमा सोलार बत्ति चार थान, हुलास जस्ता पाता १२ फिटको ७२ बन्डल, वाइवाइ चाउचाउ ६० कार्टून, बिस्कुट ३ कार्टून, सर्वोत्तम सिरियल (बच्चाको खाना) ९ कार्टून रहेको छ। त्यस्तै परिवार प्याकेज अन्तर्गत १६० वटा बाकसमा दाँत माझ्ने ब्रस दँन्त मन्जन, स्यानिटरी प्याड, डेटोल साबुन, प्यारासिटामोल, जिवनजल, डिस्पोजेवल मास्क, ओडोमस, वाटर गार्ड प्यूरिफायर आदि रहका छन्। उक्त सामाग्रीहरु हेलम्बु गाँउपालिका वडा नं ४ का वडा अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

रकम संकलनका लागि गत शनिबार मध्यराती सम्मको समयावधि राखिएपनि रकम आउने क्रम केहि दिनसम्म जारी रहँदा जम्मा $१२३९२ संकलन भएको र वितरण गरिएको राहत सामग्रीका लागि $१०३१० खर्च भएको स्याम नेपाली कल्याण कोषका निर्देशक सुमन देउजाले जानकारी गराउनु भयो। तोकिएको समयावधि भन्दा पछि संकलन भएको बाँकी रकम $२०८२ केहि दिनमा राहत सामग्री झूल र पालको लागि खर्च गरिने बताउनु भएको छ।साथै यस कार्यमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगकर्ताहरुलाई धन्यबाद दिनु भएको छ।

सहयोगदाताहरुको नामावलीको सूचि र राहत सामग्रीको विस्तृत विवरणको तस्विर  

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal