eNepal

जिलोङका ज्ञानेन्द्र उप्रेतीको पहलमा भिक्टोरियामा नयाँ परियोजनाको पाइलट प्रोजेक्टको सूत्रपात

भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी २०१९-२१ का लागि सल्लाहकारका रुपमा कार्यरत एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका सकृय सदस्य नेपाली मूलका  ज्ञानेन्द्र उप्रेतीको पहलमा समुदायका सदस्यहरुले सामना गर्न परेका बिभेदकारी सामाजिक, आर्थिक र राजनीतिक हैरानीहरुलाई न्यूनिकरण गर्ने उद्धेस्यका साथ अस्ट्रेलियाको भिक्टोरियामा नयाँ परियोजनाको पाइलट प्रोजेक्ट “Community Led initiative” सूत्रपात भएको छ । 

गत सोमबार २१ जुनका दिन कोभिड्-१९ का कारण मेलबर्न समय बेलुकी ५:३० शुरु गरी ७:०० बजे समाप्त गरिएको जुम मिटिङ लगत्तै यो परियोजनाले औपचारिकता प्राप्त गरेको हो । यसै अन्तर्गत सम्बन्धित बिभिन्न समुदायका बीच जुलाई २३ मा जिलोङमा अरबी भाषामा, अगस्ट २० मा जिलोङमा डारी भाषामा, सेप्टेम्बर २४ मा जिलोङमा कारेन भाषामा, २२ अक्टोबरमा जिलोङमा अंग्रेजी भाषामा १९ नोभेम्बरमा तामिल भाषामा कोलाकमा अंग्रेजी भाषामा र २१ जनवरीमा वार्नाबुलमा अंग्रेजी भाषामा “Safety at work: know your rights and responsibilities” कार्यक्रमहरु सन्चालन गरिनेछन ।

भिक्टोरियन बहुसांस्कृतिक आयोगका कमिसनर, शरणार्थी सप्ताह २०२१ का दूत एबं माइग्रान्ट वर्कर केन्द्रका सेफ्टी दूत शंकर काशिनाथनद्धारा सन्चालित उक्त कार्यक्रममा स्थानिय सरकारका प्रतिनिधिका रुपमा सांसद क्रिस्चिन कौजिन्स र ग्रेटर जिलोङका काउन्सिलर  जिम मासनले मन्तब्य राखेका थिए भने प्रमुख बक्ताको रुपमा डाइभरसिटाटका तर्फबाट स्ट्राटेजिक इनगेजमेण्ट कोअर्डिनेटर प्रेहासिनी जोसेफ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी २०१९-२१ का लागि सल्लाहकारका रुपमा कार्यरत एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका सकृय सदस्य ज्ञानेन्द्र उप्रेती, फोएनिक्स एजुकेशनल, मल्टिकल्चरल इन्टिग्रेशन, कन्सल्टिङ, कम्युनिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत डा माटिन घायोर मिनाइए थिए । 

कार्यक्रममा माइग्राण्ट वर्कर्स सेन्टरका तर्फबाट भिमा मुनियापाह, लुम्बिनी कपिलवस्तु अभियान लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष डा जमुना पराजुली, ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका तर्फबाट यस्का अध्यक्ष  डा सन्तोष पाण्डे आदिको उपस्थिति थियो ।                  

ब्यक्ति वा संस्थाद्धारा अन्य ब्यक्तिहरुमा बिभिन्न नियत र स्वार्थका कारण सामाजिक, आर्थिक र राजनीतिक रुपमा गरिने भेदभाव र हैरानी जस्ता संबेदनशिल मानविय समस्या न्यूनिकरणका लागि उप्रेतीले यो परियोजनाको अबधारणाको परिकल्पना गरेका हुन । बिगतमा आफूले भोगेका समस्या र बिभिन्न ब्यक्ति र संस्स्था मार्फत बिभिन्न ब्यक्तिले यस्ता किसिमका समस्याहरु भोगेको आफूले देखेकाले यसबाटै उप्रेतीलाई यो परियोजनाबारे सोच्ने प्रेरणा मिलेको हो ।    

यो परियोजना २०२२ फरवरीमा सकिनेछ र यो समयबधिमा भए गरिएका कामको मूल्यांकनका आधारमा यो परियोजनालाई परिमार्जनका साथ थप प्रभावकारी बनाउने किसिमले अगाडि बढाइनेछ ।

यो परियोजना माइग्राण्ट वर्कर्स सेन्टर, डाइभरसिटाट लगायत बिभिन्न संस्थाहरुको सहयोगमा सामुदायिक सदस्य एबं नेतृत्वदायी ब्यक्तिहरुको समूहद्धारा सन्चालन गरिने गरी तयार पारिएको छ ।     

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal