eNepal

आँधीखोला तर्ने क्रममा खोलामा बगेका थापा मृत फेला

स्याङ्जा, असार-६। स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पुतलीबजार नगरपालिका-४ राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा शनिबार मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोला तरेर पारी जाने क्रममा खोलाले थापालाई बगाएको भन्ने खबर प्राप्त गर्नासाथ घटनास्थलतर्फ गएको प्रहरीको टोलीले थापालाई मृतावस्थामा भेटेको र थापाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको हो।

यो पनि पढ्नुहोस:- मनसुनजन्य विपदमा परेर एक सातामा गुमाए १७ जनाले ज्यान।

पछिल्लो एक सातामा मनसुनजन्य विपदमा परेर १७ जनाले ज्यान गुमाएका छन। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १÷१ जना रहेका छन्। त्यस्तै बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन्। घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन्।

बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन्। जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन्। उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन्।

त्यसैगरी प्रहरीले जनाए अनुसार बेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ। त्यस्तै गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal